OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ९, २०८०सुर्खेत
८८ पटक

९ फागुन २०८०, बुधबार

स्वास्थ्य सेवा कार्यालय सुर्खेतले यहाँका ३२ हजार बालबालिकालाई दादुरा रुबेला खोप लगाउने भएको छ ।

कार्यालयले ९ महिनादेखि ५ वर्ष र ६–१५ वर्ष बालबालिकालाई खोप लगाउने भएको हो । खोप सेवा प्रदान गर्न कार्यालयले दुई सय २२ स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरेको कार्यालय प्रमुख गणेशभक्त गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार १२५ बालबालिका बराबर एक स्वास्थ्यकर्मी र दुई स्वयंसेवक खटाइनेछ ।

पहिलो चरणमा सुर्खेतको गुर्भाकोट, भेरीगंगा, लेकबेसी नगरपालिका र चिङ्गाड तथा बराहताल गाउँपालिकामा यही फागुन १३–१५ र दोस्रो चरणमा वीरेन्द्रनगर, पञ्चपुरी नगरपालिका तथा चौकुने र सिम्ता गाउँपालिकामा खोप लगाइने कार्यालय प्रमुख गौतमले बताउनुभयो । खोप कार्यक्रम निःशुल्क र जीवन सुरक्षाका लागि भएकोले कसैलाई नछुटाउन उहाँले आग्रह गर्नुभयो ।

स्वास्थ्य सेवा कार्यालय सुर्खेतका जनस्वास्थ्य निरीक्षक घनश्याम बुढाले छुट भएका बालबालिकाहरु समेटिउन भनेर पालिकास्तरीय खोप समन्वय समितिलाई पनि अभिमुखीकरण दिइसकिएको बताउनुभयो । “अभियानका लागि चाहिने सामग्रीको तर्जुमा भइसकेको छ,” उहाँले भन्नुभयो, “दादुरा रुबेला राष्ट्रिय खोप अभियान भएकोले यसलाई सफल पार्न सबै सरोकारवालाहरुमा समन्वय, सहकार्य र सहजीकरण आवश्यक छ ।”

प्रतिकृया दिनुहोस्