OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ६, २०८०सुर्खेत
११२ पटक

६ फागुन २०८०, आइतबार

मुलुकको एकमात्र सरकारी समाचार संस्था राष्ट्रिय समाचार समितिले देशभरको उत्कृष्ट फोटो तथा भिडियो समाचारदाताका रुपमा सुरेश आचार्यलाई पुरस्कृत गरेको छ ।

राष्ट्रिय समाचार समितिको ६३औं स्थापना दिवस उपलक्ष्यमा वीरेन्द्रनगर सुर्खेतमा आज सम्पन्न ‘सुशासन र समृद्धिका लागि रासस’ विषयक अन्तरक्रियामा उहाँ पुरस्कृत हुनुभएको हो । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले आचार्यलाई उत्कृष्ट समाचारदाताको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेत निवासी उहाँले उत्कृष्ट समाचारदाताको प्रमाण पत्रसहित रु.२० हजार नगद पाउनुभएको छ । समाचारदाता आचार्य रासस कर्णाली प्रदेश सुर्खेतमा कार्यरत हुनुहुन्छ ।

उत्कृष्ट फोटो तथा भिडियो समाचारदाताका रुपमा पुरस्कृत हुनुभएका आचार्यले कर्णालीका विभिन्न ठाउँ, परिवेश र घटनाका तस्वीरहरु बिगत १५ वर्षदेखि संकलन तथा सम्प्रेषण गर्दै आउनुभएको छ । उहाँका तस्वीर तथा श्रव्यदृश्य सामग्रीहरुले मूलतः कर्णालीको प्राकृतिक सौन्दर्यता, कला, संस्कृति, पर्यटन, पूर्वाधार र सामाजिक अवस्था चिनाउन महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।

प्रतिकृया दिनुहोस्