OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ६, २०८०सुर्खेत
१४४ पटक

६ फागुन २०८०, आइतबार

कर्णाली प्रदेश सरकारले तत्काललाई साविककै निर्देशनालयबाट कामकाज गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा सगठन तथा व्यवस्थापन सर्वेक्षण कार्य सम्पन्न भई नयाँ सरचना कायम नहुँदासम्म साविक बमोजिम निर्देशनालय र कार्यालयले कार्य गर्ने गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो ।

प्रदेश सरकारको चालु आव.२०८०÷८१ को नीति तथा कार्यक्रममा संरचना सानो बनाउन निर्देशनालयहरु खारेज गर्ने भनिएको छ । यद्यपि चालु आव.२०८०÷८१ मा बजेट विनियोजन भइसकेको र नयाँ संरचना कायम नभएकोले साविककै निर्देशनालय तथा कार्यालय काम गर्ने निर्णय भएको प्रवक्ता जिसीले बताउनुभयो ।

त्यसैगरी, आर्थिक मामिला तथा याेजना मन्त्रालयकाे प्रस्तावमा प्रदेश लेखा नियन्त्रण कार्यालयको कायम मुकायम प्रदेश लेखा नियन्त्रकमा लेखा अधिकृत आठौ पदका दिपेन्द्र मगरातीलाई जिम्मेवारी दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको मन्त्री जिसीले जनाउनुभयाे ।

 

प्रतिकृया दिनुहोस्