OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ३, २०८०सुर्खेत
७६ पटक

२ फागुन २०८०, बुधबार

नेपाली सेना उत्तरपश्चिम पृतना हेडक्वाटर सुर्खेतले ‘एकताका लागि दौड प्रतियोगिता–२०८०’ आयोजना गर्ने भएको छ ।

पृतना हेडक्वाटरले सुर्खेतमा आज पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी यही फागुन १२ गते शनिबारका दिन वीरेन्द्रनगरमा दौड प्रतियोगिता गर्ने जनाएको छ । कार्यक्रममा पृतनापति कृष्णदेव भट्टले नेपाली सेनाले राष्ट्रिय विकास, प्रकृति संरक्षण र विपद्लगायतका क्षेत्रमा काम गर्दै आएको जनाउँदै पछिल्लो समयमा पत्रकार, नागरिकहरुसँग सम्बन्ध बढाउन जनहितका गतिविधि गर्दै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सेनाले विपद् जोखिममा मात्र काम गरेको छैन । यसले स्वास्थ्य शिविर सञ्चालन, रक्तदान, हेलिप्याड, प्रतिक्षालय, पुल तथा विद्यालय भवन निर्माण र नागरिक सचेतना तथा राष्ट्रिय हित हुने कार्यक्रमहरु पनि गर्दै आएको छ । हामीले सेना र प्रेसबीचको अन्तरसम्बमा अभिवृद्धि तथा जानकारी आदानप्रदान गर्ने ध्येयले पत्रकार भेटघाट कार्यक्रम गरेका हौं ।”

महासेनानी सुवास खड्काले नेपाली सेनाले संविधान प्रदत्त र जंगी अड्डाद्वारा निर्देशित कार्यक्रहरु गर्दै आएको बताउनुभयो । उत्तरपश्चिम पृतनाले कर्णालीका आठ र लुम्बिनीका दुई जिल्लाहरु गरेर ३१ हजार आठ सय ९६ वर्ग किलोमिटर क्षेत्रफलको उत्तर दक्षिणका जिल्लाहरु हर्दै आएको छ,” महासेनानी खड्काले भन्नुभयो, “जाजरकोट भूकम्पको बेला एक हजार १४ नेपाली सेना परिचालन गरी विपद् प्रतिकार्य, खोज तथा उद्धारका कामहरु गरिएको थियो ।”

उहाँले यही फागुन १२ गते आठदेखि १२ कक्षासम्मका लागि महिला पुरुष पाँच किलोमिटर, खुला पुरुष तथा महिला दौड १० किलिमिटर र हाफ म्याराथन २१ किलामिटर खुला पुरुषबीच दौड प्रतियोगिता हुने बताउनुभयो । महासेनानी खड्काका अनुसार पाँच किलोमिटरमा भाग लिएर प्रथम, द्वितिय र तृतीय स्थान प्राप्त गर्ने आठदेखि १२ कक्षासम्मका विद्यार्थीलाई क्रमशः रु.दश, पाँच र तीन हजार पुरस्कार दिइनेछ ।

त्यस्तै, दश किलोमिटरमा प्रथम, द्वितिय र तृतीय स्थान प्राप्त गर्ने खेलाडीलाई रु.बीस, पन्ध्र र दश हजार तथा २१ किलोमिटर हाफ म्याराथनमा प्रथम, द्वितिय र तृतीय स्थान हाँसिल गर्ने खेलाडीलाई रु.पैतीस, पच्चीस र पन्ध्र हजार नगद पुरस्कार दिइने उत्तरपश्चिम पृतना हेडक्वार्टर सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्