OnlinePana

आज : २०८१ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १, २०८०सुर्खेत
७४ पटक

१ फागुन २०८०, मंगलबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले २९औं जनयुद्ध दिवसको अवसरमा कर्णालीवासीका साथै स्वदेश तथा विदेशी नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री शर्माले आज एक शुभकामना सन्देश जारी गर्दै नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डको नेतृत्वमा सशस्त्र विद्रोहको झण्डा उचालेको ऐतिहासिक दिनको विशेष स्मरण गर्दै २९औं जनयुद्ध दिवसको महान अवसरमा सम्पूर्ण परिवर्तनकारी न्यायप्रेमी मनहरुमा शुभकामना व्यक्त गर्नुभएको हो ।

उक्त सन्देशमार्फत उहाँले भन्नुभएको छ, “२०५२ फागुन १ गते नेपाली जनताले वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीयलगायतका तमाम विभेदका विरुद्ध राष्ट्रियताको रक्षा र समृद्धिका लागि करिब ४४ वर्षसम्म गरेका विभिन्न संघर्ष आन्दोलन र बलिदानको संश्लेषण हो । महान जनयुद्धको जगमा परिवर्तित राजनीतिक अवस्थासँगै नेपाल र नेपालीको आर्थिक अवस्था परिवर्तन र राजनीतिक परिवर्तनमा एकतावद्ध हुन सबैमा प्रेरणा मिलोस् ।

दिवसको अवसरमा उहाँले जनयुद्धको महान् प्रक्रियामा अमूल्य जीवन बलिदान गर्नुहुने सम्पूर्ण महान शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता योद्धाहरूप्रति स्मरणसहित उच्च सम्मान र घाइते योद्धाहरूको स्वास्थ्य लाभ तथा जनयुद्धको क्रममा पसिना बगाउने तमाम कर्मबीरहरुप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ ।

त्यसैगरी, आजका व्यवस्था परिवर्तमा ठूलो त्याग, तपस्या, बलिदान र समर्पण भावका साथ प्राप्त राजनीतिक उपलब्धिको रक्षा र विकास गर्दै आर्थिक सम्पन्नता र सामाजिक न्यायका लागि सचेततापूर्वक र इमान्दारिताका साथ समाजवादी मार्गमा अगाडि बढ्न मुख्यमन्त्री शर्माले सबैमा अपिल गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्