OnlinePana

आज : २०८३ बैशाख २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ २८, २०८०
२७६ पटक

२८ माघ २०८०, आइतबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले व्यवस्था बदलिएसँगै सिंहदरबारको पर्खालभित्र हुने काम गाउँमा पुगेको बताउनुभएको छ ।

मूलधार महिला सेवा केन्द्र (मासबेस उदयपुर)द्वारा शनिबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘छैटौं ऐतिहासिक राष्ट्रिय बेटी सम्मेलन’लाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले केन्द्रले राष्ट्रियस्तरको बेटी सम्मेलन कर्णालीमा गर्नुले महिला आन्दोलनमा सहयोग पुग्ने बताउनुभयो । “हिजोको आन्दोलनमा महिलाहरुको भूमिका धेरै रहेको थियो,” उहाँले भन्नुभयो, “अब आम जनतामा जागरण पैदा गर्न आवश्यक छ जहाँ महिलाहरुले पनि विभिन्न आन्दोलनको नेतृत्व गरिरहेका छन् ।”

दश वर्षे सशस्त्र संघर्ष र विसं.२०६१÷०६२ को जनआन्दोलनपछि मुलुकमा ठूलो परिवर्तन आएको बताउँदै मुख्यमन्त्री शर्माले उत्पीडित जाति, वर्ग र धर्मका मान्छेहरुले मुक्ति नपाउँदासम्म आन्दोलन जारी रहने यसका लागि आफूले पनि सक्दो सहयोग गर्ने जनाउनुभयो । संघर्ष, त्याग र बलिदानभित्र संघर्ष लुकेको जनाउँदै आर्थिक, सामाजिक, साँस्कृतिक परिवेश अनुसार परिवर्तन खोज्नुपर्ने र त्यसका लागि उत्पीडितहरु एक हुुनुपर्ने उहाँको भनाई थियो ।

केन्द्रका अध्यक्ष नजबुल खानले नेपालका विभिन्न प्रदेश गरी पाँचौ र अहिले कर्णालीमा छैटौं बेटी सम्मेलन गरिएको बताउनुभयो । बेटीहरुको सामाजिक, साँस्कृतिक अवस्थाबारे राज्यलाई सहजै बुझाउन र उनीहरुको अधिकार सुनिश्चत गराउन सम्मेलन थालिएको जनाउनुभयो ।

उपप्रध्यापक डा.लक्ष्मी जोशीले राष्ट्रियस्तरको बेटी सम्मेलनले अहिलेसम्म जकडिएको पितृसतात्मक सोचलाई चिर्नु आवश्यक रहेको टिप्पणी गर्नुभयो । बेटीहरुमा आएका समस्याहरुको दीर्घकालीन सम्बोधन गर्न कार्यक्रम अभियानका रुपमा अगाडि बढाउन उहाँले सुझाउनुभयो । सम्मेलनमा कर्णाली प्रदेशका दशै जिल्लाबाट प्रतिनिधिमूलक सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्