OnlinePana

आज : २०८३ बैशाख ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २७, २०८०सुर्खेत
३२३ पटक

२७ माघ २०८०, शनिबार

कर्णाली प्रदेश प्रमुख तिलक परियारले तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख परियारले सोनाम ल्होसार (नयाँ वर्ष)को अवसरमा कर्णालीवासीलगायत स्वदेश तथा विदेशमा रहेका सबै नेपाली आमाबुबाु, दिदीबहिनी तथा दाजुभाईमा सुस्वास्थ्य, प्रगति र दीर्घायू जीवनको शुभकामना व्यक्त गर्नुभएको हो ।

सन्देशमार्फत उहाँले भन्नुभएको छ, “नेपाल बहुजातिय, बहुभाषिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता बोकेको राष्ट्र हो । हामीसँग विविधताबीचको एकता, सामाजिक, सहिष्णुता, सद्भाव र साँस्कृतिक ऐक्यवद्धता छ । यसको संरक्षण एवं प्रवद्र्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गर्नु हामी सबैको दायित्व हो ।”

प्रदेश प्रमुख परियारले सोनाम ल्होसार आर्थिक समानता, समृद्धि र सामाजिक रुपान्तरण गर्न तथा समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माणमा सहयोग पु¥याउन एवं मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्