OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २६, २०८०सुर्खेत
९६ पटक

२६ माघ २०८०, शुक्रबार

‘धर्तीमा छ सबै चीज खोजे मिल्छ घरी घरी तर जन्मदिने आमा बाबा पाईदैन कसैगरी’ भन्ने मूलभावका साथ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा मानवता प्रवद्र्धन महाअभियानअन्तरगत ‘आमा सेमिनार’ हुने भएको छ ।

मानव सेवा आश्रम कर्णाली प्रदेश सुर्खेतले आज पत्रकार भेटघाट कार्यक्रमको अयोजना गरी भोलि वीरेन्द्रनगर सुर्खेतमा मानवता, राष्ट्रियता, परोपकार, राष्ट्रप्रेम र आफूलाई जन्मदिने मातापिताको महत्व बोध गराई प्रेम, सद्भाव र करुणालाई जन जनमा र मन मनमा पु्याउने उद्देश्यले ‘आमा सेमिनार’को आयोजना गरेको जानकारी गराएको छ ।

आगामी विसं.२०८२ सालसम्म सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणको परिकल्पनालाई पुरा गर्ने आधार तयार गर्न सुर्खेतलगायतका नेपालका ४५ स्थानमा राष्ट्रव्यापी रुपमा मानवता प्रवद्र्धनको लागि ‘आमा सेमिनार’ कार्यक्रम आयोजना गरिएको मानव सेवा आश्रम कर्णाली प्रदेश सुर्खेतका संयोजक सञ्जिता गौतमले जानकारी दिनुभयो ।

“भोलि आयोजना गरिएको ‘आमा सेमिनार’मा पाँच सय व्यक्तिको सहभागिता हुनेछ जसको व्यवस्थापन मानव अध्ययन केन्द्रले गर्नेछ,” उहाँले भन्नुभयो, “सेमिनारमा यहाँका सबै जनप्रतिनिधि, सहयोगी दाता, आमा समुह, टोल विकास समिति, युवा समुह वा क्लब, शिक्षक शिक्षिका, विद्यार्थी, कर्मचारी, धार्मिक, अध्यात्मिक तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधि, महिला स्वयंसेविका र सञ्चारकर्मीहरु सहभागी रहनेछन् ।”

मानव सेवा आश्रमले जनजनमा सकरात्मक सोच, सृजनशीलता, रचनात्मकता, मानवीयता र सामाजिक भावनासहितको असल, आत्मसंयमित, विवेकशील र आत्मनिर्भर व्यक्ति एवं समाज बनाउने ध्येयले काम गर्दै आएको बताउँदै प्रमुख गौतमले सेमिनारमा देश विदेशमा ख्याति प्राप्त मानव सेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले प्रशिक्षण दिने जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्