OnlinePana

आज : २०८३ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ २३, २०८०
४७६ पटक

२३ माघ २०८०, मगलबार

वीरेन्द्रनगर सुर्खेतस्थित ज्योति फाउण्डेसन नामक संस्थाले जाजरकोट भूकम्पका कारण प्रभावित छोरीहरुलाई पूर्ण छात्रवृति दिएर पढाउने भएको छ ।

फाउण्डेसनका अध्यक्ष ज्योति कटुवालले भूकम्पबाट आमाबुबा दुवै वा एक गुमाएका, आर्थिक अवस्था कमजोर भएका र अति विपन्न परिवारका छोरीहरुलाई पूर्ण छात्रवृतिमार्फत पढाउने योजना बनाएको जानकारी दिनुभयो ।

“फाउण्डेसनले आमाबुबा गुमाएका या अति विपन्न यद्यपि सामुदायिक विद्यालयमा एकदेखि दश कक्षासम्म अध्ययन गर्ने छोरीहरु जसलाई आमाबाबु खर्च फाउन्डेसनले नै व्यहोर्ने छ,” उहाँले भन्नुभयो, “हामी अहिले तत्काल २० छोरीको शिक्षामा लाग्ने खर्चको व्यवस्थापन गरिसकेका छौँ ।”

भूकम्पपीडित छोरीहरुका लागि भनेर फाउण्डेसनले मंसिर १५ गते वीरेन्द्रनगरमा आयोजना गरेको सांगीतिक साँझबाट रु.२२ लाख ७५ हजार चार सय ९७ संकलन भएकोमा रु.नौ लाख ६१ हजार कार्यक्रमको व्यवस्थापनमा खर्च भएको र बाँकी रकम बैंकमा जम्मा गरी त्यसबाट आउने ब्याजले छोरीहरुको पढाइमा सहयोग गरिने अध्यक्ष कटुवालले बताउनुभयो ।

उहाँका अनुसार फाउण्डेसनको सहयोगमा अध्ययन गर्ने छोरीहरुको स्वास्थ्य उपचार तथा परामर्शका लागि सुर्खेतका नीजि अस्पतालहरुसँग सम्झौता गरिनेछ । कार्यविधि बनाएर छात्रवृति प्रदान गर्ने र त्यसका लागि स्थानीय तहको सिफारिसको आवश्यक हुने अध्यक्ष कटुवालको भनाई छ ।

प्रतिकृया दिनुहोस्