OnlinePana

आज : २०८१ पौष २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २३, २०८०सुर्खेत
१७४ पटक

२४ माघ २०८०, मैगलबार

कर्णाली प्रदेश सरकारले आगामी फागुन महिनाभित्र कर्णाली प्रदेशका सबै जिल्ला जोड्ने गरी आन्तरिक हवाई यातायात सञ्चालनको तयारी थालेको छ ।

प्रदेश सरकारले राजधानी वीरेन्द्रनगर सुर्खेत विमानस्थलबाट हिमाली जिल्लामा रहेका विमानस्थलमा आन्तरिक हवाई उडान सेवा सन्चालन गर्ने तयारी कार्यलाई अगाडि बढाएको हो । कर्णाली प्रदेश सरकारले सुर्खेतबाट आन्तरिक हवाई सेवा विस्तारका लागि पटक–पटक गरेको आग्रहलाई नेपाल वायुसेवा निगमले अब कार्यान्वयन गर्ने भएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा नेपाल वायु सेवा निगमका सुर्खेत उडान समितिका सयोजक महेश कुमार मरिता, नेपाल वायु सेवा निगमका ईन्जिनियरिङ मेन्टेन्यान्स डिपार्टमेन्टका म्यानेजर देवेन्द्र पुन, सुर्खेत नागरिक उड्डयन कार्यालयका प्रमुख राजन ढुङेगललगायतले विमान स्थलको अवलोकन गर्नु भएको छ ।

मुख्यमन्त्री शर्माले आन्तरिक उडानका लागि आश्स्यक पर्ने नीतिगत, भौतिक पूर्वाधार निर्माणलगायतको क्षेत्रमा सहयोग रहने बताउनुभयो । उहाँले भन्नुभयो, “आन्तरिक उडान थप गरेर कर्णालीवासीको जीवनयापन सहज बनाउन प्रदेश सरकारले सहयोग गर्दछ । प्रदेश सरकार सुर्खेत विमानस्थल सुधारलाई प्राथमिकतामै राखेको छ ।

नेपाल वायु सेवा निगमका सुर्खेत उडान समितिका सयोजक मरिताले प्रदेश सरकारले गरेको आग्रहलाई ध्यान दिएर जतिसक्दो छिटो सेवा सुचारु गरिने बताउनुभयो । उहाले भन्नुभयो, “फागुन महिनाभित्र काम सुरु गर्ने गरी तयारी थालिएको छ । यसमा निगमले गर्ने आवश्यक तयारीका निम्ति लागि परेका छौं ।”

प्रतिकृया दिनुहोस्