OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २२, २०८०सुर्खेत
३०० पटक
२२ माघ २०८०, सोमबार
नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश समिति अध्यक्ष बिमला केसीले कर्णालीमा माओवादी पार्टी पहिलो बन्ने बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा बोल्दै अध्यक्ष केसीले पार्टीको जनाधार बलियो भएको तर नेताहरु बिग्रँदै गएको प्रतिक्रिया दिनुभयो । “अहिलेको रुपान्तरण अभियानले माओवादी जनताको पार्टी हो भन्ने बनाएको छ,” उहाँले भन्नुभयो, “भर्खरै सम्पन्न भएको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ समाप्ति होइन, सुरुआत हो ।”
उहाँले माओवादीलाई निम्न वर्गीय एवं श्रमजीविहरुको पार्टी बनाउने अभियानमा जुटिएको बताउँदै रुपान्तरण अभियानका क्रममा कर्णालीको ८० हजार पार्टी सदस्यहरुमा ४० हजार छ सय ५७ जनाको नवीकरण भएको र बाँकीको नवीकरण प्रक्रिया निरन्तर अगाडि बढेको जनाउनुभयो । उहाँका अनुसार छ हजार दुई सय ५४ जना नयाँ सदस्यता थपिएका छन् भने तीन हजार तीन सय ७० जना अन्य पार्टीबाट प्रवेश गरेका छन् ।
त्यस्तै, रुपान्तरण अभियानमा चार हजार चार सय १८ सेल तथा दुई हजार चार सय ९२ टोल कमिटिको बैठक बसेको बताइएको छ । प्रदेशका सात सय १८ वडामध्ये छ सय २२ वडामा पार्टी केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल बैठकमार्फत नेता कार्यकताहरुलाई सम्बोधन गरेको, नवीकरण र लेवी गरी करिब नौ लाख शुल्क उठेको उहाँले बताउनुभयो । उहाँका अनुसार जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा नेकपा माओवादी केन्द्रबाट तीन हजार छ सय ९९ स्वयंसेवक खटिदा १७ हजार नौ सय १८ अस्थायी टहरा निर्माण गरिएको छ ।
कर्णाली केन्द्रीय र प्रदेश सदस्यहरु गरी ६८ प्रतिशत नेता कार्यकर्ताको अभियान टोली सात लाख भन्दा बढी जनतामा पुगेको पार्टीको विचार सम्प्रेषण गरेको, यो प्रदेशमा चार लाख तीन हजार आठ सय ४० जनपरिचालनका कामहरु र पाँच सय ५८ स्थानमा जनसेवा र श्रमदानका काम भएको जनाइएको छ । अभियानले जनतामा सकरात्मक सन्देश जानुका साथै पार्टीभित्र उर्जा र उभार दुवै आएको अध्यक्ष केसीले बताउनुभयो ।
त्यसैगरी, आजै बसेको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समिति प्रकाशन विभागका प्रमुख मोहनकुमार शाहीको अध्यक्षता तथा प्रदेश पार्टी अध्यक्ष बिमला केसीको प्रमुख आतिथ्यतामा बसेको तेस्रो बैठकले आगामी बैशाख महिनामा पार्टीको वार्षिक मुखपत्र ‘समाजवादी यात्रा’ प्रकाशन गर्ने निर्णय गरेको छ । उक्त बैठकमा माओवादी पार्टीका केन्द्रीय सदस्य वसन्त शर्माले पार्टीको ऐतिहासिक, राजनैतिक, सांगठनिक, वैचारिक दस्ताबेज समेटिने गरी मुखपत्र प्रकाशन गर्न सुझाउनुभयो ।
पार्टी अध्यक्ष केसीले बैठकमा भएका निर्णय निर्धारित समयमै कार्यान्वयन हुने गरी लाग्न प्रकाशन विभागलाई निर्देशन दिनुभयो । जसमा नेकपा माओवादी केन्द्र कालीकोट जिल्लाका संयोजक शैलेन्द्र चौलागाईले कर्णालीको कम्युनिष्ट आन्दोलनको इतिहासलाई प्राथमिकतामा राखेर मुखपत्र प्रकाशन गर्न सुझाउनुभयो । बैठकमा माओवादी सुर्खेत जिल्ला सचिव टोपबहादुर दर्लामी, कोषाध्यक्ष मालबहादुर रोकाय, विभागका सदस्यहरुहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस्