OnlinePana

आज : २०८१ बैशाख २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,माघ २२, २०८०जुम्ला ।
१७४ पटक

पातारासी गाउँपालिका ४ मा महिलाहरुलाई सुरक्षित सामग्री वितरण । तस्बिर : नेत्र शाही

जुम्ला, माघ २२ गते । पातारासी गाउँपालिका-४ का घरधुरीमा महिलाहरूलाई महिनावारीको समयमा आवश्यक पर्ने स्वास्थ्य सामग्री सहित सेनिटरी प्याड वितरण गरिएको छ । गाउँपालिकाको महिला तथा बालबालिका शाखा र वडा नम्बर ४ को आर्थिक सहयोगमा सो वडाका पाँच सय घरधुरीका महिलाहरूलाई सेनिटरी प्याड, भित्री वस्त्र, नुहाउने र कपडा धुने साबुन वितरण गरिएको महिला तथा बालबालिका शाखाले जानकारी दिएको छ ।

महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीका अनुसार वडा नम्बर ४ को तिर्खु, डिल्लीचौर, डोल्काटी, लाम्री र वैसेनी गाउँका महिलाहरूलाई कतै घरदैलोमा त कतै वडा कार्यालयमा वितरण गरिएको छ । यसअघि सो वडाको लुम र भोटागउँमा पनि टावेल सहित वितरण गरिएको महिला विकास शाखाले जानकारी दिएको छ ।

गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले महिलाहरूको सामाजिक जीवनसँग जोडिएको यो विषय महत्त्वपूर्ण रहेकाले आगामी कार्यक्रममा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले अन्य वडामा पनि यो कार्यक्रम गरिनुपर्नेमा जोड दिनुभयो ।

स्थानीय सरकारले यसअघि पातारासीको वडा नम्बर २ पेरे र तल्फि गाउँमा समेत वितरण गरिएको जानकारी दिएको छ । सुरक्षित सामग्री वितरण गरेपछि महिलाहरूले स्थानीय सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् । स्थानीय मायादेवी खड्काले स्थानीय सरकारले छुईगोठमुक्त गरेसँगै महिलाहरूलाई सुरक्षित सामग्री वितरण गरेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले यस्ता प्रकारका सामाजिक जीवन सहज गर्ने विषयमा सरकारले निरन्तर ध्यान दिनुपर्ने बताउँदै, आर्थिक अभावले सेनेटरी प्याड प्रयोग गर्ने एक विषय भएको तर बानी बसाल्ने महत्त्वपूर्ण रहेकोमा जोड दिनुभयो ।

यसैगरी गाउँपालिकाले वडा नम्बर २,४ र वडा नम्बर ५ को माथि लोर्प र तली लोर्प गाउँलाई छाउपडीमुक्त घोषणा समेत गरिएको छ । वडा नम्बर ५ लाई बालविवाह मुक्त समेत गरिएको छ । महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले आगामी दिनमा किशोरीहरूलाई  विद्यालयमा सेनेटरी प्याड बनाउने तालिम दिन आवश्यक रहेको र आगामी बजेटमा प्रस्ताव गरिने बताउनुभयो । उहाँका अनुसार पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखा र वडा पालिकाले सुरक्षित स्वास्थ्य सामग्री

प्रतिकृया दिनुहोस्