OnlinePana

आज : २०८१ पौष २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १४, २०८०सुर्खेत
१२९ पटक

१४ माघ २०८०, आइतबार

नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले प्रदेश सरकारको प्रगति निराशाजनक भएको बताउनुभएको छ ।

आज यहाँ आयोजित पत्रकार भेटघाटमार्फत नेता कँडेलले माघ १२ गते बसेको एमाले कर्णाली प्रदेशसभा दलको बैठकका निर्णय सार्वजनिक गर्दै कर्णाली सरकारको विगत एक वर्षको अवधिलाई नियाल्दा कार्य प्रगति निराशाजनक र बेरुजु उच्च रहेको टिप्पणी गर्नुभयो । विकासप्रति जनताको तीव्र आकांक्षा, यहाँको विकट भौगोलिक अवस्था, सरकारको विकास नीति तथा गतिबीच तालमेल हुन नसक्दा आमजनतामा निराशा छाएको उहाँको आरोप थियो ।

प्रदेश सरकारको गलत कामकारवाहीले गर्दा जनप्रतिनिधि र व्यवस्थाप्रति प्रश्न उठ्ने स्थिति पैदा भएको उहाँको भनाई थियो । नेता कँडेलले भन्नुभयो, “यतिछिटै कमजोर परिस्थितिको निर्माण हुनु आफैमा दुःखद् हो तरपनि सरकार सुधार गर्नेभन्दा थप गलत कार्यहरुलाई प्रश्रय दिनमा बढी अग्रसर देखिन्छ । योजना निर्माणमा हुने भ्रष्टाचार, अपारदर्शिता, कमिसनको जालो सरकार उद्दत छैन ।”

गत कात्तिक १७ गते जाजरकोटमा गएको विनासकारी भूकम्पले रुकुमपश्चिम र सल्यानमासमेत क्षति पुर्याउँदा पीडितहरुको राहत तथा पुनःस्थापना सरकारले गर्न नसकेको जिकिर गर्दै उहाँले प्रमुख प्रतिपक्षी दलको हैसियतले सरकारलाई नीतिगत सुधार, सुशासन, पारदर्शिता, विकास र कर्णालीको समृद्धिको सवालमा पटकपटक घच्घच्याउने गरेपनि नसुनेको गुनासो गर्नुभयो । आमजनताको आकांक्षा बुझ्ने कार्यप्रति अनुत्तरदायी रहेकोले गठबन्धन सरकार आफै असफलतातर्फ गएको नेता कँडेलको भनाई थियो ।

प्रतिकृया दिनुहोस्