OnlinePana

आज : २०८१ पौष २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १०, २०८०सुर्खेत
११२ पटक

१० माघ २०८०, बुधबार

कर्णाली प्रदेश सरकारका कर्मचारीलाई वैयक्तिक विवरण संकेत (सिटरोल) प्रदान गरिएको छ । आज एक कार्यक्रमका बीच कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चूडामणि पौडेलले कर्णाली प्रदेश लोक सेवा आयोगबाट सिफारिस प्रदेश निजामती कर्मचारीहरुको वैयक्तिक विवरण फाराम (सिटरोल) संकेत प्रदान गर्नुभएको हो ।

उहाँले जलस्रोत तथा उर्जा विकास मन्त्रालय कम्प्युटर सहायक पाचौं बिसुराज रायमाझी, सहायक चौथो मेकानिकल सव–ईन्जिनियर सुनिता ज्ञवाली, सहायक पाचौ जयन्ती हमाल, शिक्षा किास निर्देशनालयका कम्प्युटर सहायक चौथो भुवन रोकाय, प्रदेश लोक सेवा आयोगका सिर्जना घर्तीलाई सिटरोल गर्नुभएको हो ।

प्रमुख सचिव चुडामणि पौडेलले कर्णाली प्रदेश अभिलेख शाखा अद्यावधिक रहने गरी निजामती कर्मचारीको वैयक्तिक विवरणको अद्यावधिक कार्य मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अभिलेख शाखाबाट हुने जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो पटक तीन सय २६ जना प्रदेश निजामती कर्मचारीको वैयक्तिक विवरण प्रमाणित भई सिटरोल नम्बर सहितको फाराम प्रदान गरिएको छ ।

स्थानीय कर्मचारीको हकमा निजामती किताबखानासँग कर्मचारी विवरण अनलाइनमा अद्यावधिक गर्न राष्ट्रिय किताबखाना (निजामती)लाई अनुरोध गरिएको छ । स्वीकृति प्राप्त भएपछि आठ सय ६४ जना स्थानीय तहका कर्मचारीको वैयक्तिक विवरण अनलाईनमा अभिलेख गरी सिटरोल प्रदान गरिनेछ । कर्णाली प्रदेश निजामती कर्मचारी सघ, स्थानीय र प्रदेशमा जहाँ सरुवा बढुवा भएपनि फरक नपर्ने गरी सिटरोल व्यवस्था गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सुर्खेतका प्रशासन महाशाखाका सचिव बिष्णुप्रसाद कोईरालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार तीनै तहमा जहाँ पनि सरुवा बढुवा भएर काम गर्दा सिटरोल एउटै रहनेछ । जसले सरुवा, बढुवा र पेन्सनलगायत कार्यमा एकरुपता कायम हुनेछ । सात प्रदेशमा कर्मचारी संकेत प्रदान गर्नेमा कर्णाली प्रदेश दोस्रो भएको छ । संघीय संरचना अनुसार प्रदेश र स्थानीय तहले आफुलाई आवश्यक विभिन्न सेवाका कर्मचारीहरुको नियुक्ति, सरुवा, बढुवा प्रदेश सरकारले गर्ने सक्ने व्यवस्था अनुसार कर्मचारी खटपटनको अभिलेख राखिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव आन्नद सारुले प्रदेशका कर्मचारीको क्षमता विकास र परिचालनमा सिटरोल प्रदान गरेसँगै सजिलो हुने बताउनुभयो । अभिलेख मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाईट यअmअ।पबचलबष्।िनयख।लउ मा सूचना समेत राखिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्