OnlinePana

आज : २०८३ जेठ १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १०, २०८० सुर्खेत
२६६ पटक

 १० माघ २०८०, बुधबार

कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्णय अनुसार दुईवटा नियमावली स्वीकृत गरिएको छ ।

मुख्यमन्त्री राजकमार शर्माको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले दुई नियमावली स्वीकृत गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा ‘कर्णाली प्रदेश निजामती सेवा नियमवाली, २०८०’ स्वीकृत गरिएको हो । त्यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रस्तावमा ‘कर्णाली कृषि व्यवसाय प्रवद्र्धन नियमावली, २०८०’ पनि स्वीकृत गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो ।

त्यसैगरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा नमूना कार्यालय छनोट गरिएको छ । त्यसमा मुगु पशु अस्पताल तथा पशुसेवा कार्यालयलाई उत्कृष्ट कार्यालयका रुपमा छनोट गरिएको प्रवक्ता जिसीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्