OnlinePana

आज : २०८१ बैशाख २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १०, २०८० सुर्खेत
६१ पटक

 १० माघ २०८०, बुधबार

कर्णाली प्रदेश राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पुरा भएको छ । कर्णाली प्रदेश राष्ट्रियसभा सदस्यको तीन पदमा बिहीबार ९ः०० बजेदेखि मतदान हुने भएको छ ।

निर्वाचन हुने रिक्त तीन सदस्य पदका लागि सत्ता गठबन्धन दलबाट तीन र नेकपा एमालेबाट तीन गरी छ जनाको प्रतिस्पर्धा हुनेछ । सत्ता गठबन्धनबाट दलिततर्फ नेकपा (माओवादी केन्द्र)का विष्णु बिक, महिलातर्फ सावित्री मल्ल र अन्य कलष्टरमा कृष्णबहादुर रोकायको मनोनयन दर्ता भएको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयो ।

त्यसैगरी, नेकपा एमालेका तर्फबाट दलिततर्फ हिक्मत विक, महिलातर्फ बिमला शाही र अन्य कलष्टरमा डिल्लीप्रसाद भट्टले मनोनयन दर्ता गर्नुभएको छ । संवैधानिक व्यवस्था अनुसार भोलि माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष र प्रदेशसभा सदस्यहरु मतदानका लागि प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा पुगिसकेका छन् ।

प्रदेश निर्वाचन अधिकारी चालिसेका अनुसार बिहीबार हुने निर्वाचनमा प्रति प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रति मतदाताको मतभार १९ रहेको छ । दुवै मतभारलाई गणना गर्दा कर्णाली प्रदेशको कूल मतभार पाँच हजार ८४ रहेको कर्णाली प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्