OnlinePana

आज : २०८१ पौष २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ६, २०८०सुर्खेत
१३० पटक

 

६ माघ २०८०, शनिबार

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णालीको समृद्धि कृषि र पशुपंक्षीबाट संभव हुने बताउनुभएको छ ।

प्रदेश सरकारअन्तरगत पशुपंछी विकास निर्देशनालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित अर्धवार्षिक ईपिडिमियोलोजी र प्रगति समीक्षा गोष्ठीमा बोल्दै मन्त्री शर्माले कृषि र पशु क्षेत्रको लगानी र उपलब्धिको एकिन गरी लाभान्वित संख्याको तथ्याङ्क व्यवस्थापन गर्नु प्रमुख काम भएको जनाउनुभयो । त्यसको साथै उहाँले यस क्षेत्रको समस्या, सफलता र भावी कार्यायोजनाको बारेमा गम्भीर हुन कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभयो ।

मन्त्री शर्माले भन्नुभयो, “डोल्पाको जगदुल्लामा रहेको सरकारी चौरी फर्म, हुम्लामा रहेको दार्मा बागवानी केन्द्रलाई प्राङ्गारिक कृषि प्रविधि तथा प्रवद्र्धनमा विकास र कर्णालीमा उत्पादन भएको रैथानेबालीको संरक्षण, सम्वद्र्धन, प्याकेजिङ्ग, बजारीकरण गर्न प्रशोधन केन्द्र स्थापना गर्ने सहमति भएको छ । यसको आधारमा यहाँको कृषि र पशुक्षेत्रको विकास गर्न सकिन्छ ।”

प्रदेश सरकारको लगानीमा भएका कामको उपलब्धि फिल्डमा देखिने जनाउँदै उहाँले सरकारको स्वामित्वबारे किसानलाई बुझाउन आवश्यक भएको प्रतिक्रिया दिनुभयो । उहाँका अनुसार गत वर्ष दुग्ध उत्पादक किसानहरु अनुदान पाउन नसकेकोले चालु आर्थिक वर्षमा समयमै अनुदान रकमको व्यवस्थापन गरिए छ ।

 

प्रतिकृया दिनुहोस्