OnlinePana

आज : २०८१ जेठ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,माघ ६, २०८०जुम्ला,
१४८ पटक

माघ ६ गते । नेपाल नेत्रहिन संघका पुर्व केन्द्रीय अध्यक्ष तथा वर्तमान निर्देशक नरवहादुर लिम्बुको निधन भएको छ ।
अपाङ्गता क्षेत्रमा लामो समय कार्यरत लिम्बुको २०८० माघ ५ गते निधन भएको नेपाली अपाङ्गता भएका व्यक्तिहरुको छाता संगठन राष्ट्रिय अपाङ्ग महासंघ नेपालले जनाएको छ । महासंघका केन्द्रीय अध्यक्ष देविदत्त आचार्यका अनुसार एक महिना देखी विरामी लिम्बुको शुक्रवार दुखत निधन भएको जानकारी दिनुभयो । लिम्बुको आकस्मिक निधन पछि राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सार्वजनिक गरेको शोक विज्ञेप्तिमा नेपालको अपांगता अधिकार अभियानता एवं निडर हक्की स्वभावका यार्थतवादी व्यक्तित्व नरबहादुर लिम्बुको असमायिक स्वर्गारोहण प्रति श्रद्धाञ्जली व्यक्त गर्दछौ ।

राष्ट्रिय अपाङ्ग महासंघका पुर्वअध्यक्ष विरेन्द्रराज पोख्रेलले लिम्बुलाई भावपूर्ण श्रद्धाञ्जली लेख्दै लिम्बु सँगको अढाई दशक लामो मैत्रीवत सम्वन्ध स्मृतिमा पुगेको बताउदै अठोट र संकल्प अधिकार प्राप्तिको संघर्षमा लिम्बुको अभाव सधै खड्किने भएको बताउनु छ । लिम्बुको निधन प्रति नेपालभरका अपाङ्गता अधिकारकर्मीहरुले सामाजिक सञ्जालमा श्रद्धाञ्जली अर्पण गर्ने क्रम जारी छ ।

लिम्बुको सम्मानर्थ आज माघ ६ गते विहान ६ देखी ९ बजे सम्म नेपाल नेत्रहिन संघको केन्द्रीय कार्यालय सुकेधारमा श्रद्धाञ्जलीका लागि राखिएको र अन्त्येटिका लागि पशुपति आर्यघाट लिईएको नेपाल नेत्रहिन संघ केन्द्रीय महासचिव शिशिर खनालले जानकारी दिनुभयो । वि.सं २०२० साल असार २० गते जन्मनु भएका नरबहादुर लिम्बुको स्थायी ठेगाना गोकणेश्वर नगरपालिका जोरपाटी काठमाडौं रहेको र करिब अढाईदशक अपांगता क्षेत्रमा कामको अनुभव लिम्बु सँग रहेको राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव सुगम भट्टराईले जानकारी दिनुभयो ।

 

 

प्रतिकृया दिनुहोस्