OnlinePana

आज : २०८१ जेठ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
अमृत बुढाथोकी मगर माघ २, २०८० जुम्ला,
२३१ पटक

माघ २ गते । भुकम्प पछि वा विपतको समयमा कसरी बच्ने र उद्दारमा प्रयोग आवश्यक सामग्रीको बिषयमा जुम्लामा प्रर्दशनी गरिएको छ ।
जिल्ला विपत व्यवस्थापन समितिको आयोजनामा जिल्लाका सुरक्षा निकायले भुकम्पको समयमा प्रयोग हुने उद्दार सामग्रीको बिषयमा स्थानीय तथा सरोकारवाला निकायको सहभागितामा प्रर्दशनी गरिएको हो । नेपाली सेना, शशस्त्र प्रहरी र नेपाल प्रहरीले भुकम्पको समयमा आवश्यक प्रयोग हुने विभिन्न प्रकारका सामग्री र प्रयोग गर्ने तरिकाको बिषयमा शिक्षा दिईएको छ ।
नेपाली सेनाको नन्दाबक्स गणले विपतको समयमा मानिसहरुलाई उद्दार गर्ने आवश्यक समाग्रीको प्रदर्शन स्टलमा कसरी प्रयोग गर्ने भन्ने बिषयमा समेत जानकारी गराएको छ । यस्तै नेपाल प्रहरी र शशस्त्र प्रहरी ३३ नम्बर त्रिपुरा गण जुम्लाले आवश्यक सामग्रीको बिषयमा जानकारी गराएको हो । भूकम्प प्रतिरोधी दिवसको अवसरमा विपतका आवश्यक डोरी र यसको प्रयोग, हेडलाईट, थ्रो व्याग, रोप, जुम्बर, वुट, टर्चलाईट, माक्स, टेपसिलङि, फायर फाईटिङ लगायत विभिन्न सामग्री प्रर्दशन सहित कामको जानकारी गरिएको हो ।
यसैगरी नेपाली सेनाले भुकम्पको समयमा बच्ने उपाय र भुकम्प पछि उद्दारका लागि गरिने तयारीका बिषयमा प्रशिक्षण समेत गरिएको छ । नेपाली सेनाका उपसेनानी सन्तोष केसीका अनुसार हरेक घरले भूकम्प पछिको ओतलिने स्थानका बिषयमा सोच्नुपर्ने बताउनुभयो । उहाँले भुक्म्पका समयमा झटपट झोला, उद्दारकर्तालाई सूचनाका बिषयमा सचेत हुने बताउनुभयो ।
भुकम्प सुरक्षा दिवसका अवसरमा प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले मानवले बनाएका संरचनाले असर हुने भएको बताउदै भुकम्प प्रतिरोधी संरचना निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भूकम्पले केही नगर्ने तर हामीले बनाएका संरचनाका बिषयमा ध्यान दिनुपर्ने बताउनुभयो । दिवसको अवसरमा नेपाल रेडक्रस सोसाईटी सहित विभिन्न गैरसरकारी संस्थाहरुको सहभागितामा विभिन्न विपत प्रतिकार्यका सामग्रीहरु समेत प्रदर्शन गरिएका थिए ।


क्याप्सन ः जुम्लामा भुकम्प दिवसको अवसरमा प्रर्दशनी गरिएका विपत प्रतिकार्य सामग्री तस्विर नेत्र शाही, जुम्ला ।

प्रतिकृया दिनुहोस्