OnlinePana

आज : २०८१ पौष २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २, २०८०सुर्खेत
१३७ पटक

२ माघ २०८०, मंगलबार

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विपद् जोखिम प्रतिकार्यका लागि नीति, विधि र कार्यक्रम आवश्यक रहेको बताउनुभएको छ ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा आज आयोजित २६औँ भूकम्प सुरक्षा दिवसको अवसरमा बोल्दै मुख्यमन्त्री शर्माले सबैखाले प्राकृतिक जोखिमबाट बच्न कर्णालीमा विपद जोखिम विश्लेषण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कुरा गरेर मात्र होइन, व्यवहारिक रुपमै देखिने गरी नीति, विधि र कार्यक्रम बनाएर अगाडि बढ्नुपर्दछ ।”

उहाँका अनुसार बिगतको प्राकृतिक बिपत्तिबाट शिक्षा लिन नसक्दा अहिले मानवीय र भौतिक क्षति व्यहोर्नु परेको हो । गोरखाको बारपाकमा गएको भूकम्पवाट शिक्षा नलिँदा यस पटकको जाजरकोट भूकम्पको असरबाट क्षति न्यून हुन नसकेको उहाँको भनाई थियो ।

मुख्यमन्त्री शर्माले भन्नुभयो, “कर्णाली प्रदेश प्राकृतिक विपदवाट हुन सक्ने क्षति र न्यूनीकरणका लागि आम समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन र आवश्यक जनशक्ति तयार गर्न सकेमात्र क्षति कम गर्न सकिन्छ । भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादनतर्फ जोड दिनुपर्ने बताउँदै उहाँले समुदायको सक्रिय सहभागिताले मात्र भूकम्पलगायतका प्राकृतिक विपदको सामना गर्न सकिन्छ ।

भूकम्पवाट प्रभावित क्षेत्रको पुनःनिर्माणका कार्य अघि बढाउन संघ, प्रदेश र स्थानीय तहको सहकार्य अपरिहार्य भएको उहाँले जनाउनुभयो । वीरेन्द्रनगरपालिका प्रमुख मोहनमाया ढकालले स्थानीय तह जनताको नजिकको अधिकार सम्पन्न सरकार भएपनि ऐन कानूनको कमी तथा सीमित स्रोतसाधन अभावले प्रभावकारी कार्यसम्पादनमा चुनौति देखिएको बताउनुभयो । दक्ष जनशक्ति अभावले स्थानीय तहमा विपद न्यूनीकरणका कार्य गर्न अप्ठ्यारो भएको उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्