OnlinePana

आज : २०८१ जेठ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २७, २०८०जुम्ला,
४०८ पटक

पुस २७ गते । आर्थिक आम्दानी गर्न भारत गएका जुम्लाका एक जना व्यक्ति घर फिर्ता हुदैगर्दा सम्पर्क विहिन भएका छन् ।
२०८० साल पुस १७ गते भारतको कुल्लु मैनालीमा विरामी भएपछि भारतको घर फिर्ता भएका चन्दननाथ नगरपालिका १० निवासी ४७ बर्षका मानवहादुर कामी भारतको बरेलीबाट सम्पर्क विहिन भएका छन् ।

यही पुस १७ गते हराएका कामी परिवारको सम्पर्कमा नआएपछि खोजी कार्य गर्न भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन परेको छ । जिल्ला प्रहरीमा खोजी कार्यका लागि निवेदन दिईएको श्रीमति देउकली कामीले जानकारी दिनुभयो । श्रीमति देउकलीका अनुसार कुल्लु मैनालीबाट बरेली सम्म पातारासी गाउँपालिका २ पेरे गाउँका धनबहादुर नेपालीको परिवारको साथमा आएका र त्यहाँबाट आफ्ना श्रीमान् बस चढ्न छुटेका थिए ।

बरेलीमा एक छिन बस बिग्रिएर रोकेपछि पछि बस हिड्दा उनि छुटेका खबर आएको थियो । तर आज सम्म पनि सम्पर्क नहुदा चिन्ता बढेको भन्दै श्रीमान खोजिदिन आग्रह गर्दै मिडियामा समेत आएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीका अनुसार सो बिषयमा नाका नाकामा पत्राचार गरिसकिएको जानकारी दिनुभयो । हराएका आफ्ना श्रीमान्लाई कसैले भेटाउनु भएमा आफ्नो सम्र्पक मोवाईल ९८६८०३६०६१ मा वा प्रहरीमा खवर गरिदिन श्रीमति देउकलीले अनुरोध गर्नु भएको छ ।

प्रतिकृया दिनुहोस्