OnlinePana

आज : २०८१ पौष २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २६, २०८०सुर्खेत
२०८ पटक

२० पुस २०८०, बिहीबार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

सशस्त्र प्रहरी बल (एपीएफ)सँगको आज भएको फाइनल खेलमा ३–१ तीन सेट जितेर नेपाल पुलिस क्लब उपाधि चुम्न सफल भएको हो । खेलको सुरुमा एपीएफले २५–२२ ल्याएर पुलिस क्लबलाई हरायो । पछि दोस्रो, तेस्रो र चौथौं खेलमा भने पुलिसले लगातार तीन सेट लिन सफल भयो । पुलिसले क्रमशः २५–१९, २५–१८ र २५–२३ अंक ल्याएको थियो ।

समूह चरणमा एपीएफसँग भोगेको हारमा पुलिस क्लबले आजको फाइनल खेलमा बदला मात्र लिएन उपाधि नै हात पारेको छ । समूह चरणमा पुलिस एपीएफसँग ३–१ को सेटमा पराजित भएको थियो ।
त्यसैगरी समुह चरणको खेलमा आर्मीसँग ३–० को सोझो सेटमा हार भोगेको गण्डकी प्रदेशले तृतीय स्थानका लागि फाइनलमा आर्मीलाई हराएको छ । आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले तेस्रो स्थान हाँसिल गरेको हो ।

पहिलो सेटमा गण्डकीले २५–२२ को ल्याएर जित्यो । अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको दोस्रो खेलमा बराबरीकै अवस्थामा अन्तिम समयमा २६–२४ अंक ल्याएर नेपाल आर्मीले जित्यो । तेस्रो खेलमा गण्डकीले २६–२४ र चौथो खेलमा २५–२२ ल्याएर तृतीय स्थान सुनिश्चित गरेको थियो ।

यही पुस २० गतेबाट सुरु भएको प्रतियोगितामा तीन विभागीय टोलीसँगै सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको थियो । समूह ‘ए’ मा पुलिस, एपीएफ, लुम्बिनी, बागमती र कोशी तथा समूह ‘बी’ मा आर्मी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र मधेश थिए । खेलमा नेपाल पुलिस क्लबका रविन चन्द सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल भलिबल संघको आयोजना तथा कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा वीरेन्द्रनगरमा सम्पन्न खेलको समापन कार्यक्रममा नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसी, आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह, सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेललगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको समापन गर्दै नेपाल भलिबल संघका केन्द्रीय अध्यक्ष जितेन्द्रबहादुर चन्दले नेपालको भलिबल खेल विकास क्रमिकरुपमा बढ्दै गएको बताउनुभयो । पर्यटनको संभावना बोकेको कर्णालीमा आगामी वर्षहरुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय भलिबल प्रतियोगिता सञ्चालनमा सघाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । अध्यक्ष चन्दका अनुसार आज मात्र प्रतियोगितामा १५ हजार भन्दा बढी दर्शकहरुले अवलोकन गरेका छन् ।

प्रतिकृया दिनुहोस्