OnlinePana

आज : २०८१ जेठ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,पौष २६, २०८०जुम्ला,
१९० पटक

पुस, २६ गते । पातारासी गाउँपालिकामा छाउगोठमुक्त अभियान तिब्र रुपमा अगाडि बढेको छ । पछिल्लो समय वुधवार वडा नम्बर ४ लाई छाउगोठमुक्त वडा घोषणा गरिएको छ । पातारासी गाउँपालिका महिला तथा वालवालिका शाखाको आयोजनामा वडा नम्बर ४ को आयोजनामा लुम, भोटगाउँ, तिर्खु, डिल्लीचौर, लाम्री, वैसेनी र डोल्काटी लगायतका गाउँहरु छाउगोठमुक्त भएको भन्दै वडानै घोषणा गरिएको हो । त्यस वडामा ५ सय घरधुरीका २ हजार एक सय ९५ जनसंख्या रहेको गाउँपालिकाले जनाएको छ ।

पातारासी गाउँपालिका महिला तथा वालवालिका शाखा प्रमुख भगवति गिरीका अनुसार पातारासी गाउँपालिकालाई छाउगोठमुक्त बनाउने अभियान अन्तरगत यस अघि वडा नम्बर २ र ५ वडा पनि छाउगोठ मुक्त घोषणा गरि सकिएको छ । उहाँका अनुसार यस अघि वडा नम्बर २ का पेरे र तल्फि गाउँ, वडा नम्बर ५ का तलिलोर्पा र माथिलोर्पा गाउँ समेत घोषणा भईसकेका छन् ।

वडा नम्बर ४ मा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष पूर्णसिंह वोहोराले व्यानर पढेर ४ नं वडा छाउगोठ मुक्तवडा घोषणा गर्नुभएको छ । उहाँले अवका अन्य वडा पनि छाउगोठमुक्त गर्नमा पहल गरिने बताउनुभयो । छाउगोठ मुक्त अभियानमा पातारासी गाउँपालिकामा पुग्नु भएका तातोपानी गाउँपालिकाका उपाध्यक्ष रेवति रावलले मानव जीवनमा महिलाहरु गोठमा बस्ने कुप्रथाको समाजबाट जरो उखेल्ने कामको शुरुवात गरेकोमा सवैलाई धन्यवाद दिनुभयो । उहाँले यस अभियानलाई पुर्णता दिन शुभकामना दिनुभयो ।

वडानम्बर ४ का वडाध्यक्ष कालिबहादुर ऐडिले सामाजिक विकृतिको रुपमा रहेको छुईप्रथाले महिलाहरुको जीवनमा पारेको असर जोगाउने उपाएको रुपमा रहेको छाउगोठ मुक्त अभियान सफल पार्न सहयोग गर्ने स्थानीय सरकार, साझेदार संस्था सवैलाई धन्यवाद दिनुभयो । उहाँले आगामी दिनमा अझ सचेतनाका कार्यक्रम अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।

छुईगोठमुक्त गाउँ घोषणा गर्ने आधार तयार गर्न पातारासी गाउँपालिका महिला तथा वालवालिका शाखा र सर्वोदय नेपाल, किर्डाक नेपालको साझेदारीमा गाउँ गाउँमा सचेतना दिलाउने काम भईरहेको गाउँपालिकाले जनाएको छ । सर्वोदय नेपालका निर्देशक कमल खत्रीले लामो समय देखी त्यस क्षेत्रमा छुईप्रथाको विरुद्धमा सचेतना तथा छाउगोठमुक्त अभियानमा काम गरिरहेको जानकारी दिनुभयो । छाउगोठमुक्त घोषणा कार्यक्रममा महिला स्वास्थ्य स्वंसेविका मायादेवी खड्काले हिजो गोठमा बसेर महिलाहरुलाई सर्पले टोक्ने, विरामी हुने, पाठ्यघरमा घाउ हुने समस्या गोठमा बस्नाले बढि थियो आज गोठमा नवस्ने घोषणा पछि महिलाको जीवनमा परिवर्तन हुदै आएकोमा खुशी व्यक्त गर्नु भयो ।

महिला तथा वालवालवासलका शाखाका प्रमुख गिरीका अनुसार यस अघि वडा नम्बर ५ लाई वालविवाह मुक्त वडा समेत घोषणा गरिएको छ । आगामी दिनमा अन्य वडाहरु घोषणाको तयारी गर्ने योजना रहेको बताउनुभयो । उहाँका अनुसार घोषणामा उपस्थित महिलाहरुलाई स्वास्थ्य सामग्री समेत वितरण गरिएको छ । नमूनाको रुपमा १० जनालाई सेनेटरी प्याड, कट्टु, सावुन उपलब्ध गराईएको र सवै महिलालाई सो सामग्री वितरण गरिनेछ । यसैगरी छुईगोठ मुक्त घोषणा कार्यक्रममा अव देखी गोठमा बस्दैनौ, गर्दैनौ भन्दै हस्ताक्षर अभियान समेत गरिएको र देउडा मार्फत सचेतना दिईएको छ ।
क्याप्सन ः पातारासी गाउँपालिका वडा नम्बर ४ का गाउँहरु घोषणा कार्यक्रम तस्बिर नेत्र शाही जुम्ला ।

 

प्रतिकृया दिनुहोस्