२५ पुस २०८०, बुधबार
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा छ दिनदेखि जारी ३४औं राष्ट्रिय भलिबलको प्रतियोगिताको फाइनलमा दुई विभागीय टोली पुगेका छन् ।
सशस्त्र प्रहरी (एपीएफ) र नेपाल पुलिस क्लब फाइनलका लागि छनोटमा परेका हुन् । आज भएको सेमिफाइनल खेलमा नेपाल पुलिस क्बलले नेपाल आर्मी र एपिएफले गण्डकी प्रदेशलाई हराउँदै फाइनल खेलका लागि आफूलाई सुनिश्चित बनाएका हुन् । दुवै टोलीले प्रथम उपाधिका लागि बिहीबार भिड्ने भएका छन् ।
फाइनल खेलका लागि दावेदार मानिएको आर्मीलाई पुलिसले ३–० ले हराएको थियो । त्यस्तै, एपिएफले पनि गण्डकी प्रदेशलाई ३–० ले पराजित गर्दै आफुलाई फाइनलमा पु¥याउन सफल भयो । प्रतियोगिताको एउटै समूह चरणमा रहेका एपीएफ र पुलिसबीच प्रथम र द्वितिय तथा आर्मी र गण्डकीबीच तेस्रो स्थानका लागि फाइनल खेल हुनेछ ।
फाइनल खेल पुस २६ गते बिहीबार हुनेछ आयोजकले जनाएको छ । पुस २० गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगिताबाट कोशी, मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश बाहिरिएका छन् ।