OnlinePana

आज : २०८१ पौष २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २४, २०८०सुर्खेत
१२१ पटक

२४ पुस २०८०, मंगलबार

लामो समयदेखि अन्योलमा रहेको सुर्खेत विमानस्थल विस्तारबारे सर्वपक्षीय छलफल भएको छ । वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा आज सर्वदलीय तथा सर्वपक्षीय बैठक बसेर छलफल गरिएको हो ।

उक्त छलफलले विमानस्थलको धावनमार्ग र अन्य पूर्वाधार निर्माणका सन्दर्भमा छ बुँदे निर्णय गरेको छ । सो क्रममा अहिले सञ्चालन भइरहेको हवाई सेवालाई सुरक्षित तथा भरपर्दो बनाउन अत्यावश्यक भौतिक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारमार्फत संघीय सरकारसँग माग गर्ने पहिलो निर्णय गरिएको छ ।

त्यस्तै, विमानस्थल विस्तार गर्दा अधिग्रहण गरिने जग्गा र भौतिक संरचनाको चलनचल्तीको मूल्यमा स्थानीयवासीहरुलाई उचित मुआब्जा उपलब्ध गराउने गरी नीति बनाउन प्रदेश सरकारमार्फत संघीय सरकारसँग पहल गर्ने र यससँग सीमाना जोडिएको अमरज्योति नमूना माध्यमिक विद्यालयलाई उपयुक्त स्थानमा तत्काल स्थानान्तरण गर्न योजना र कार्यक्रमसहित पहलकदमी लिन प्रदेश सरकारसँग सम्झौता गर्ने तेस्रो निर्णय गरिएको छ ।

यसैगरी, चौथोमा कर्णाली प्रदेशका सबै जिल्लाहरुमा सुर्खेत विमानस्थलबाट नियमित हवाई सेवा सञ्चालन गर्न सरकारसँग मागका साथै प्रदेश सरकारको ध्यानाकर्षण बैठकको पाँचौंमा यात्रु विश्रामदेखि अन्य भौतिक संरचनाको व्यवस्था नभएको विमानस्थलमा तत्काल टर्मिनल भवन, यात्रु बस्ने स्थान, व्यवस्थित शौचालयलगायतका भौतिक संरचना निर्माण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसँग माग गर्ने निर्णय भएको छ ।

.सर्वदलीय एवं सर्वपक्षीय बैठकबाट गरिएका निर्णयलाई वीरेन्द्रनगर नगरपालिकाको कार्यापालिकाको बैठकमार्फत कार्यान्वयनका लागि अगाडि बढाउन सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णयसमेत गरिएको नगरप्रमुख मोहनमाया ढकालले जानकारी दिनुभयो । बैठकमा सांसद हृदयराम थानी, प्रदेशसभा सदस्यद्वय यामलाल कँडेल र जानकी सिंह, जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनार, उद्योग वाणिज्य संघ, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, नागरिक समाजलगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्