OnlinePana

आज : २०८१ पौष २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २३, २०८०सुर्खेत
११४ पटक

२३ पुस २०८०, सोमबार

कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्य पदको निर्वाचनका छ जनाको मनोनयन दर्ता भएको छ ।

रिक्त तीन पदका लागि सत्ता गठबन्धन दलबाट तीन र नेकपा एमालेबाट तीन जनाको मनोनयन दर्ता भएको हो । सत्ता गठबन्धनबाट दलिततर्फ नेकपा (माओवादी केन्द्र)का विष्णु बिक, महिलातर्फ सावित्री मल्ल र अन्य कलष्टरमा कृष्णबहादुर रोकायको मनोनयन दर्ता भएको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयो ।

त्यसैगरी, नेकपा एमालेका तर्फबाट दलिततर्फ हिक्मत विक, महिलातर्फ बिमला शाही र अन्यमा डिल्लीप्रसाद भट्टले मनोनयन दर्ता गर्नुभएको छ । संवैधानिक व्यवस्था अनुसार आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष र प्रदेशसभा सदस्यहरु मतदाता हुनेछन् ।

प्रदेश निर्वाचन अधिकारी चालिसेका अनुसार यसपटक हुने निर्वाचनमा प्रति प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रति मतदाता १९ मतभार रहेको छ । दुवै मतभारलाई गणना गर्दा कर्णाली प्रदेशको कूल मतभार पाँच हजार ८४ रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्