OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २१, २०८०रुकुपश्चिम
३९१ पटक

२१ पुस २०८०, शनिबार

कर्णाली प्रदेश सरकारले ५५ वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण अभिायन सञ्चालन गरेको छ । प्रदेश सरकारले सुर्खेत, रुकुमपश्चिम र हुम्लामा स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरेको हो ।

आज रुकुमपश्चिमको आठबीसकोट नगरपालिकामा आयोजित ‘नागरिक स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मीहरुको अभिमुखीकरण’ कार्यक्रममा बाल्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशका भित्रका नागरिकको स्वास्थ्य अवस्था सुधारका लागि नागरिक स्वास्थ्य परीक्षण सुरु गरिएको बताउनुभयो । नसर्ने रोगले पछिल्लो समयमा स्वास्थ्य चुनौति आएकोले यसको रोकथाम गर्नलाई पनि स्वास्थ्य परिक्षण थालिएको उहाँले जनाउनुभयो ।

अहिले तीन जिल्लामा नमूनाको रुपमा नागरिकहरुको स्वास्थ्य परीक्षण गरेपनि यसलाई कर्णालीका सबै जिल्लामा विस्तार गर्छौ,” उहाँले शर्माले भन्नुभयो, “सरकारले स्वास्थ्य सेवालाई प्रवद्र्धनात्मक र उपचारात्मक दुवै किसिमले समुदायमा लिईरहेको छ ।” नागरिकको स्वास्थ्य परीक्षण, उपचार र जनचेतना जगाउने जिम्मेवारी स्वास्थ्य क्षेत्रमा क्रियाशील जनशक्तिको रहेको उहाँको भनाई थियो । उहाँका अनुसार नागरिक स्वास्थ्य परीक्षणका आधारमा सरकारले स्वास्थ्य नीति र कार्यक्रम ल्याउनेछ ।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.रबिन खड्काले सुर्खेतको चौकुने गाउपालिका र वीरेन्द्रनगर नगरपालिका, रुकुमपश्चिमको आठबिसकोट नगरपालिका र हुम्ला जिल्लाका ५५ वर्षमाथिका नागरिकहरुको स्वास्थ्य अवस्था बुझ्न र सुधार ल्याउन परीक्षण कार्य सुरु गरिएको बताउनुभयो । स्वास्थ्य परीक्षणबाट प्राप्त नतिजाका आधारमा अबको पञ्चवर्षीय नीति तथा कार्यक्रम बन्ने उहाँले जनाउनुभयो ।

प्रदेश सरकारले भूकम्प प्रभावित पालिकामा प्रदेश सरकार स्वास्थ्यका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रमुख सचिब चुडामणि पौडेलले स्वास्थ्यलाई प्राथमिकता दिएर बजेट तथा कार्यक्रम तय भएको बताउनुभयो । आठबिसकोट नगरपालिका उपप्रमुख धनकुमारी शाहीले तीनै तहका सरकारहरुको समन्वयमा स्वास्थ्य नीति निर्माण हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस्