OnlinePana

आज : २०८१ पौष २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २०, २०८०सुर्खेत
१०६ पटक

२० पुस २०८०, शुक्रबार

नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली निर्माणमा सम्पूर्ण राजनीतिक दलहरू एक हुनुपर्ने बताउनुभएको छ ‌।

वीरेन्द्रनगर सुर्खेतमा आयोजित ३४ औँ राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कर्णाली निर्माणका लागि सबै नेताहरूको जिम्मेवारी रहेको जनाउनुभयो ।

उहाँले भन्नुभयो, “कर्णाली बनाउने हामी नै हो । यहाँको विकासका लागि सबै राजनीतिक दलहरू एकाकार हुनुपर्छ । कर्णालीको उन्नति र प्रगतिको कुरामा, विकास पूर्वाधार बनाउने कुरामा राजनीतिक दलहरूबिच कुनै विवाद नरहेको बताउँदै उहाँले कर्णाली समृद्धिमा सबैको सहयोग साथ आवश्यक रहेको जनाउनुभयो ।

आगामी दशौंँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा सम्पन्न गर्नुपर्नेै भन्दै रक्षामन्त्री खड्काले यसको तयारीमा सबै जुट्न आग्रह गर्नुभयो । उहाँले पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिन संघीय सरकारको ध्यान केन्द्रित रहेको जनाउनुभयो ।

राष्ट्रिय भलिबलकाे पहिलो खेलमा आर्मी, एपीएफ, मधेश र लुम्बिनी विजयी

३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लबले (घरेलु टोली) कर्णाली प्रदेशलाई पराजित गरेको छ । कर्णाली राजधानी वीरेन्द्रनगरको खुल्ला मञ्चको चौरमा भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–० को सेटमा पराजित गर्दै गरेको हो ।

त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटले पराजित गरेको हो । पहिलो सेटमा नेपाल आर्मीले २५–१२ मा हरायो भने दोस्रो सेट २५–७ र तेस्रो सेटमा २५–१२ ले आफ्नो पक्षमा पारेको छ ।

यस्तै, आजै भएको अर्को खेलमा सशस्त्र प्रहरी बल ९एपिएफ० र कोशी प्रदेश पराजित गरेको छ । एपिएफले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एपीएफले पहिलो सेट २५–२१ ले हरायो भने खेलको दोस्रो सेट २५–१६ ले पाखा लगायो । त्यस्तै खेलको तेस्रो तथा अन्तिम सेट एपिएफले २५–१७ ले आफनो पक्षमा पार्यो ।

यस्तै, लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई ३–० को सोझो सेटले पराजित गरेको छ । लुम्बिनीले पहिलो सेटमा २५–२० ले हरायो छ । दोस्रो सेटमा २५–१३ र तेस्रो तथा अन्तिम सेटमा लुम्बिनीले २५–११ ले आफ्नो पक्षमा पारेको छ ।

यस्तै, मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३–२ अन्तरमा पराजित गराएको छ । साथै, शनिबार ९भोलि० चार टोलीले प्रतिस्पर्धा गर्नेछ । जसमा नेपाल पुलिस र लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, मधेश प्रदेश, कोशि प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिकृया दिनुहोस्