OnlinePana

आज : २०८२ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष २०, २०८०
१५४ पटक

२० पुस २०८०, शुक्रबार

कालिकोट खाँडाचक्र नगरपालिकाका नगर प्रमुख कलमबहादुर शाहीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मालाई रु.पाँच लाखको चेक हस्तान्तरण गर्नुभएको छ ।

जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितहरुका लागि नगरप्रमुख शाहीले रु.पाँच लाखको चेक हस्तान्तरण गर्नुभएको हो । कालिकोट खाँडाचक्र नगरपालिकाले उपलब्ध गराएको रु.पाँच लाख मध्ये रु.तीन लाख जाजरकोट र रुकुमपश्चिमलाई रु.दुई लाख उपलब्ध गराइएको हो ।

प्रदेश सरकारका मुख्यमन्त्री शर्माका अनुसार उक्त रकम सम्बन्धित जिल्लाका जिल्ला विपद व्यवस्थापन समितिको खातामा जम्मा हुनेछ ।

प्रतिकृया दिनुहोस्