OnlinePana

आज : २०८१ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १७, २०८०सल्यान
१०३ पटक

१७ पुस २०८०, मंगलबार

नेकपा (माओवादी केन्द्र) सल्यानको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ विशेषाङ्क पार्टीको मुखपत्र ‘सल्यान संकल्प’ विमोचनसहित रुपान्तरण अभियान सम्पन्न भएको छ ।

नेकपा (माओवादी) केन्द्रका सल्यान ईञ्चार्ज नरेश भण्डारीको अध्यक्षता तथा पार्टी स्थायी कमिटि सदस्य कालीबहादुर मल्लाको प्रमुख आतिथ्यतामा अभियान सम्पन्न भएको छ । अभियानको समापन कार्यक्रमलाई सम्बोधन गर्दै स्थायी कमिटि सदस्य मल्लले माओवादीको तीन महिने रुपान्तरण अभियानले कार्यकर्ता तथा जनतामा निकै ठूलो उभार ल्याएको टिप्पणी गर्नुभयो । जनताको बलमा नेपालको संघीय लोकतान्त्रि गणतन्त्रात्मक व्यवस्था आईपुगेको र यसको रक्षा एवं संस्थागत गर्न पनि जनताकै सहयोग आवश्यक रहेको उहाँको भनाई थियो ।

स्थायी कमिटि सदस्य मल्लले भन्नुभयाे ‘अभियान उत्साहजनक र व्यवस्थित तवरबाट सम्पन्न भयाे । यसले संगठनलाई गतिशील एवं क्रियाशील बनाउँदै लगेकाे छ र जनताका समस्यासँग माओवादी पार्टीलाई प्रत्यक्ष साक्षात्कार गर्ने तथा आफूलाई समेत रुपान्तरण गर्ने विशेष अवसर प्रदान गरेकाे छ ।’ त्यस्तै जनवर्गीय संगठन र पार्टीमा सतहमा आएका अन्तरविराेधहरुलाई हल गर्न पनि अभियानबाट मद्दत पुगेकाे उहाँकाे तर्क थियाे ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला ईञ्चार्ज नरेश भण्डारीले जनताका तागतका अगाडि शासकहरुको दम नचल्ने ठोकुवा गर्नुभयो । “नेपालको संविधान, संघीयता, समानुपातिक, समावेशी, धर्मनिरपेक्षता कोही शासकहरुले दया मानेर दिएका होइन,” उहाँले भन्नुभयो, “यो जनताले शासकहरुलाई घुँडा टेकाएर ल्याएको व्यवस्था हो । उनीहरुमाथि कसैले धोका दिन मिल्दैन । धोक दिनेहरुले जनताका अगाडि त्यही नियति भोग्नुपर्दछ ।”

ईञ्चार्ज भण्डारीले सल्यान समृद्धिको चाबी तथा शुद्धताको प्रतीक कुपिण्डे दहबाट अभियान टोलीको तर्फबाट जिल्ला पार्टीलाई लाल चाबी र झण्डा हस्तान्तरण गर्दै अभियानलाई यस ठाउँमा ल्याइपुर्याउन सहयोग गर्ने सल्यानी जनता, नेतृत्वदेखि सल्यानी समग्र कार्यकर्ताहरुप्रति हार्दिक अभार व्यक्त गर्नुभयो ।

केन्द्रका कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले रुपान्तरण अभियान आजको व्यवस्थाका उपज जनतासँग निकटतम् सम्बन्ध कायम राख्न र माओवादी नेपाली जनताको मुक्ति र स्वतन्त्रताको संस्थापक र रक्षक दुवै हो भन्ने बुझाउन सञ्चालन गरिएको विशेष कार्यक्रम भएको बताउनुभयो । रुपान्तरण अभियानले माओवादी कमजोर हुँदा निराश भएका जनतामा आशा पैदा गर्न र शहीद, बेपत्ता र घाईते परिवारका समस्या बुझ्न अभियानले ठूलो सहयोग पुर्याएको उहाँले जनाउनुभयो ।

. उक्त समापन कार्यक्रममा अभियान विशेषाङ्क पार्टीको मुखपत्र ‘सल्यान संकल्प’को बिमोचन, जिल्ला अभियान टोलीका सदस्यहरुलाई सम्मान, अभियानमा सक्रिय र उत्कृष्ट कार्य सम्पादन गर्नेहरुलाई सम्मान, जिल्ला इन्चार्जलगायतका अभियान्ताहरुको विदाई तथा समसामयिक प्रस्तावसहितको कुपिण्डे घोषणापत्र सार्वजनिक गरिएको थियो ।

प्रतिकृया दिनुहोस्