OnlinePana

आज : २०८१ पौष २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १३, २०८०सुर्खेत
११० पटक

१३ पुस २०८०, शुक्रबार

प्राकृतिक तथा मानवीय गतिविधिका कारण आउने विपद्मा सूचना व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धी कार्यशाला गोष्ठी गरिएको छ ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना, युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, यएनवुमन र समाज जाजरण केन्द्र (स्याक) नेपालद्वारा सञ्चालित विपद् व्यवस्थापन सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी आज वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न गरिएको हो । गोष्ठीमा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालय विपद शाखाका प्रमुख कृष्णबहादुर रोकायले विपद् र तथ्याङ्क व्यवस्थापनको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण तथा युएनडिपीका तर्फबाट गंगा भण्डारीले राष्ट्रिय सूचना व्यवस्थापन, विपद्को तथ्याङ्क अवस्था, पूर्वतयारी र प्रतिकार्यबारे प्रस्तुति राख्नुभयो । त्यस्तै, नेपाल रेडक्रस सोसाईटीका माया सापकोटाले तथ्याङ्को आवश्यकता, प्रकारबारे जानकारी दिँदै स्रोत व्यवस्थापन र परिचालनमा विशेष ध्यानुपर्नेमा जोड दिनुभयो ।

सयुंक्त राष्ट्र संघ आवासीय समन्वय कार्यालयका सहजकर्ता रगिन्द्रराज भण्डारीले सूचना प्रवाहको अवस्था र तथ्याङ्क संकलनको अन्तर्राष्ट्रिय अभ्यासका बारेमा जानकारी दिनुभयो । तथ्याङ्क जहिले पनि निष्पक्ष हुने भन्दै उहाँले विपद्मा सूचना संकलन, विश्लेषण, प्रशोधन र वितरण कसरी गर्ने र तथ्याङ्कलाई विश्वसनीय कसरी बनाउने भन्नेतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमित्त सचिव निधिराज न्यौपानेले सूचना र तथ्याङ्कबीच एकरुपता आउनुपर्ने बताउनुभयो । सहि सूचना र तथ्याङ्क नआउँदा सरकारलाई काम गर्न गाह्रो हुने भन्दै एकीकृत सूचना प्रणालीबाट सबै निकायले काम गर्न सके विपद् प्रतिकार्य, खोज तथा उद्धार गर्न सकिने उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्