OnlinePana

आज : २०८३ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष १२, २०८०
३०६ पटक

 १२ पुस २०८०, बिहीबार

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले प्रशासनमार्फत प्रवाह हुने गतिविधिहरुलाई थप गतिशील बनाउँदै लैजाने बताउनुभएको छ ।

आज सुर्खेतका पत्रकारहरुसँगको साक्षात्कार कार्यक्रममा प्रजिअ आचार्यले कर्णाली प्रदेशको राजधानी रहेको जिल्ला सुर्खेत हरेक दृष्टिले केन्द्रबिन्दु भएकोले यहाँको शान्ति सुरक्षामा विशेष ध्यान दिईने बताउनुभयो । यसका लागि राजनीतिक दल, नागरिक समाजलागयत सबैको साथ सहयोग आवश्यक रहेको उहाँको भनाई थियो ।

लागु औषध दूव्र्यसनी, सडक दुर्घटना, आत्महत्या र सामाजिक अपराधका घटनाहरु पछिल्लो समयमा बढ्दै गएको बताउँदै प्रजिअ आचार्यले यसको न्यूनीकरणका गतिविधिलाई अगाडि बढाईने जनाउनुभयो । नागरिकको खाद्य अधिकारलाई सुरक्षित गर्न बजार अनुगमन तथा निरीक्षणदेखि पूर्वाधार विकास, सवारी यातायात र सुशासन कायम गर्न दत्तचित्त भएर लाग्ने उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्