OnlinePana

आज : २०८१ पौष २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ११, २०८०सुर्खेत
१६५ पटक

११ पुस २०८०, बुधबार

ऋति फाउण्डेसनका अध्यक्ष कमल लम्सालले ‘कर्णाली उत्सव’ विचार र सार्वजनिक नीतिको बहस भएको बताउनुभएको छ ।

फाउण्डेसनद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘सुझाव संकलन’ कार्यक्रममा बोल्दै अध्यक्ष लम्सालले उत्सव कर्णालीको बिम्ब, धारणा र सोच बदल्ने अभियानसमेत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले उत्सवको पहिलो र दोस्रो संस्करणमा १४÷१४ सेसन, तेस्रोमा १३ र चौथोमा १६ सेसन सञ्चालन ग¥यौं । सबै संस्करणका सेसन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका एक सय ८४ वक्ता राखेर विचारमाथिको बहस गरिएको छ ।”

बहसमा कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, जलवायु, साहित्य, कला, संस्कृति, पूर्वाधार विकास र कर्णालीको अर्थतन्त्रका विषयमा छलफल भएको र त्यसले कर्णालीलाई चिन्न र चिनाउन सहयोग पुगेको अध्यक्ष लम्सालले बताउनुभयो । उहाँका अनुसार कर्णाली उत्सवमार्फत उठाइएका मुद्दाहरुले नीति निर्माताहरुलाई घच्घच्याएको र ती मुद्दाहरु अन्तर्राष्ट्रियकरण हुँदै गएका छन् ।

ऋति फाउण्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमले कर्णाली उत्सवको चौथो संस्करण सम्पन्न हुनुले मोफलसबाट पनि राष्ट्रिय महोत्सव गर्न सकिन्छ भन्ने मानक स्थापना भएको दावी गर्नुभयो । “यो कर्णालीलाई ब्राण्डिङ गर्ने विचार निर्माणको विशेष कार्यक्रम हो जसले खाना, भाषा, संस्कृति, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, पर्यटन प्रवद्र्धनमा पनि टेवा पुर्याएको छ, ।” उहाँले भन्नुभयो, “लुकेको प्रतिभा पहिचान र प्रवद्र्धनमा पनि त्यत्तिकै योगदान दिएको छ ।”

निर्देशक गौतमका अनुसार आगामी फागुनबाट कर्णाली उत्सवको पाँचौं संस्करण सञ्चालन हुनेछ । संस्करणको पहिलो सेसनमा भूकम्पछिको पुनःनिर्माण, राहत वितरण, अनुभव र अनुभूति र सरकारको जवाफदेहितका बारेमा विशेष बहस हुने छ । त्यस्तै, प्रदेशस्तरीय भिडियो प्रतिस्पर्धा, कर्णालीको पैकेलो पहिचान, लगानी सम्मेलन र बजेटको समुचित परिचालनका विषयमा बहस थालिने उहाँको भनाई थियो ।

उक्त कार्यक्रमका सहभागीहरुले कानून कार्यान्वयन गर्ने सरोकारवालाहरुबाट हुने गैर कानूनी गतिविधि, आयुर्वेद चिकित्सा पद्धति, खानपिन संस्कृति, युवा पलायन, उत्पादन र उत्पादकत्व, नवप्रवर्तनात्मक कार्य, विश्वका विशिष्ट सभ्यता मध्येको सिंजा सभ्यताका बारेमा पनि बृहत बहस थालनी गर्न आयोजकलाई सुझाएका थिए ।

 

प्रतिकृया दिनुहोस्