OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ७, २०८० सुर्खेत
३०८ पटक

 ७ पुस २०८०, शनिबार

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल सरकारले स्वास्थ्य क्षेत्रको विकासमा विशेष जोड दिएको बताउनुभएको छ ।

ब्याक टु लाईफको सहयोग, शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र र मानव अधिकार तथा वातावरण विकास केन्द्रको सहकार्यमा गुर्भाकोट नगरपालिका ७ सुर्खेतस्थित मेहलकुना अस्पतालमा आज आयोजित ‘एक दिने हृदय रोग’ निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले स्वस्थ समाज निर्माणमा सरकार केन्द्रित रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मानव जीवनका लागि स्वास्थ्य महत्वपूर्ण कुरा हो । स्वस्थ नागरिक उत्पादनले समृद्ध समाज बन्छ । तल्लो तहमा स्वास्थ्य सेवा पुग्नेगरी संरचनाको निर्माण तथा विकासमा सरकारले ध्यान दिएको छ ।” उहाँले ब्याक टु लाईफ संस्था र शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले कर्णालीका विकट जिल्लामा पुगेर मुटु रोग जस्तो संवेदनशील उपाचार सेवा निःशुल्क प्रवाह गरेको प्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

उहाँले विसं.२०७३ देखि निर्माण कार्य सुरु गरिएको ५० शैयाको मेहलकुना अस्पताल अहिलेसम्म निर्माण सम्पन्न नहुनु निर्माण व्यवसायी कम्पनीको कमजोरी रहेको टिप्पणी गर्नुभयो । अस्पतालको निर्माण कार्य सम्पन्नका लागि सरकारले तत्काल निर्माण कम्पनीलाई ताकेता गर्ने उपप्रधान तथा गृहमन्त्री खड्काको भनाई थियो ।

कार्यक्रममा ब्याक टु लाईफका निमित्त देशीय निर्देशक डिकेन्द्रलाल ढकालले कर्णालीका नागरिकले सहजै प्राप्त गर्न नसक्ने मुटु रोगको उपचार सेवामा सहयोग पुर्याउने ध्येयले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको बताउनुभयो । शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका डा.चन्द्रमणि अधिकारीले मुटु रोगीहरुको निःशुल्क उपचार गरिने ठूलो रोग देखिए केन्द्रले शल्यक्रियामा सहयोग गर्ने बताउनुभयो । मेहलकुना अस्पतालका प्रमुख डा.सोजन सापकोटाले काठमाडौं पुगेर उपचार गर्न सक्ने अवस्था नभएका मुटु रोगीहरुलाई केन्द्रले ठूलो सहयोग पुर्याएको जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्