OnlinePana

आज : २०८३ जेठ १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,पौष ४, २०८०जुम्ला,
४८६ पटक

पुष ४ गते । जुम्लामा ३ महिना देखी सडकमा वास गरिरहेका एक अपरिचित व्यक्तिलाई उद्दार गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लाको समन्वयमा चन्दननाथ नगरपालिका जुम्लाले मानव सेवा आश्रम सुर्खेतमा पठाएको हो । करिब ३ महिना देखी जिल्ला प्रशासन कार्यालय जुम्लाको अगाडि रुखको ओत लिएर बसिरहेका हिन्दी भाषा वोल्ने ति व्यक्तिलाई चन्दननाथ नगरपालिकाका बिपत शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपाने सहितको टिमले चन्दननाथ नगरपालिकाको एम्वुलेन्समा उद्दार गरेर सुर्खेत पठाईएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालका अनुसार चिसोको समयमा खुला आकाशमा बसिरहेका ति व्यक्तिको उद्दार गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाको टिम, जिल्ला प्रहरी कार्यालयबाट एक जना प्रहरी सहित ति अपरिचित व्यक्तिलाई पठाईएको जानकारी दिनुभयो । ति अपरिचित व्यक्ति मानसिक रुपमा समस्या भएका व्यक्ति समेत रहेको बताईएको छ ।

जुम्लाबाट मंशिर अन्तिममा पातारासी गाउँपालिकाले ३ जनाको उद्दार गरेर मानव सेवा आश्रममा पठाएको छ । गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाका अनुसार पातारासी गाउँपालिकाका मानसिक समस्या भएका ३८ बर्षि सार्य ऐडि, ३९ बर्षिय सर्केनी वोहोरा ५३ बर्षिय ओफे रावतलाई पनि मानव सेवा आश्रममा पठाईएको जानकारी दिनुभयो ।

भरिदै मानव सेवा आश्रम :
यस्ता प्रकारका नागरिकलाई पछिल्लो समय मानवसेवा आश्रमले आवास सहितको व्यवस्थापन गर्दै आएको छ । मानवसेवा आश्रम सुर्खेतका संयोजक संजिता गौतमले हाल मानस सेवा आश्रममा ९२ जना नागरिकको सेवा भईरहेको जानकारी दिनुभयो । जसमध्य जुम्लाका १७ जना पहिला रहेका र वुधवार एक जना आएपछि १८ जना हुने बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्