OnlinePana

आज : २०८१ बैशाख १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
अमृत बुढाथाेकी मगर ,मंसिर २७, २०८० जुम्ला,
२६४ पटक

मंशिर २७ गते । जुम्लामा वालविवाह, छिटो विवाह र जवरजस्ति विवाह रोक्नको लागि शुरु गरिएको परियोजनाको कामका बिषयमा पत्रकारहरुलाई जानकारी गरिएको छ ।
सोमवार प्लान नेपालको सहयोगमा आत्म सम्मानका लागि सहकार्य (क्याड) नेपाल जुम्लाले हिमा, सिञ्जा र कनकासुन्दरीमा सञ्चालित उक्त परियोजनाको क्रियाकलापको बिषयमा जिल्ला स्थित पत्रकारहरुलाई जानकारी गरिएको हो ।

क्याड नेपाल जुम्लाका सामाजिक परिचालन अधिकृत देवेन्द्र आचार्यले परियोजनाले विद्यालय वाहिर रहेका वालवालिका विद्यालय पुरयाउने, यौन तथा प्रजननको सचेतना दिने, आय आर्जनमा टेवा पुरयाउने, धार्मिक गुरु तथा पुरोहितको अन्तरक्रिया गरेर सचेतना दिने बिषयमा जानकारी गर्ने गरिएको बताउनुभयो ।
क्याड नेपालका कार्यक्रम व्यवस्थापक अजय महराले प्लान नेपालकाे सहयाेगमा क्लेयाड नेपालले सिञ्जा क्षेत्रमा २०२० देखी काम गर्दै आएको र २०२४ सम्म संचालन हुने जानकारी दिनुभयो । उहाँले जुम्लाको हिमा, सिञ्जा र कानकासुन्दरी गाउँपालिकामा वालविवाह, छिटो विवाह र जवरजस्ति विवाह रोक्नको लागि विभिन्न क्रियाकलाप गर्दै आएको जानकारी दिनुभयो । उहाँले कार्यक्षेत्रका ३ वटै पालिकाको वालविवाहको स्थितिका विषयमा सर्वेक्षण गरेर काम भएको बताउनुभयो ।

क्याड नेपालका महासचिव मिनबहादुर महतले वालवालिकाको सवाल निकै महत्वपूर्ण भएकाले मिडियाको भूमिका उत्तिकै रहेकोमा जोड दिनुभयो । उहाँले संचार क्षेत्रको सहयोगमा वालवालिका र मानव अधिकारका सवालहरु बलियो हुदै जानेमा जोड दिनुभयो ।

क्याड नेपाल जुम्लाले परियोजनाले हाल सम्म कुन क्षेत्रमा कसरी काम गरिरहेको भन्ने बिषयमा जानकारी गर्न अन्तरक्रिया गरिएको जानकारी दिदै हिमा सिञ्जा, र कनकासुन्दरीका २७ वटा विद्यालयमा शिक्षकलाई तालिम पिछडिएका वालवालिका शैक्षिक सामग्री, शौचालय, खानेपानीको धाराहरु निर्माण सहित विभिन्न कामहरु गरेको सामाजिक परिचालन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिनुभयो ।

अन्तरक्रियामा नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही परियोजनाले वालवालिकाको सवालमा गर्दै आएको राम्रो कामको विषयमा मिडिया साथमा रहने बताउनुभयो । उहाँका अनुसार यस्ता सवालमा सुचना प्रवाहको विषय बढाउनुपर्ने, स्टोरी लेखनमा जोड दिनुपर्ने तथा सचेतना बढाउने कार्यक्रममा बृद्धि गरिनुपर्ने सुझाव दिनुभयो । उहाँले वालवालिकाको सवालमा लेख्ने पत्रकारलाई स्टोरी वा फेलोसप दिन अनुरोध गर्नुभयो ।

प्रतिकृया दिनुहोस्