OnlinePana

आज : २०८१ पौष २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २४, २०८०काठमाडौं
१००३ पटक

२४ मंसिर २०८०, आईतबार

हङकङमा आयोजित साहसिक खेल अल्ट्रा ट्रेल रेसमा नेपालकी सुनमाया बुढाले प्रथम स्थान हात पार्नुभएको छ ।

बुढाले हङकङमा ‘द नर्थ फेस १०० अल्ट्रा ट्रेल च्यालेन्ज २०२३’ को उपाधि हात पार्न सफल हुनुभएको हो । हङकङको न्यू टेरिटोरीस्थित ताइमेई तु बाट गत शुक्रबार राति १०ः०० बजे सुरु भएको १०० किलोमिटरको प्रतिस्पर्धामा बुढाले १४ घण्टा ४० मिनेटमा निर्धारित दूरी पार गरी प्रथम हुनुभएको थियो । यो कीतिमानीले बुढालाई शीर्षास्थनमा पु¥याएको हो । हङकङमा भएको ट्रेल रेस प्रतिस्पर्धामा बुढाको लगातार पाचौँ जीतसहित नयाँ कीर्तिमानी राख्नुभएको छ ।

पुरुषतर्फ नेपालका अर्जुन कुलुङ राईले तेस्रो स्थान हात पार्नुभएको थियो । कुलुङले निर्धारित दूरी १४ घण्टा ४७ मिनेट २६ सेकेन्डमा पूरा गरी तेस्रो स्थान प्राप्त गर्नुभयो । फिलिपिन्सका जोन रे ओनिफाले ११ घण्टा ५७ मिनेट १६ सेकेन्डमा तोकिएको दूरी पार गरी प्रथम हुँदा स्वीट्जरल्याण्डका गुइल्लौमे पेरोटले १४ घण्टा २ मिनेट ९ सेकेन्डमा पुरा गरेर दोस्रो स्थान हाँसिल गर्नुभएको थियो ।

सो प्रतिस्पर्धामा हङकङकै चेउङ मन यीले १४ घण्टा ५९ मिनेट २ सेकेन्ड र एन्जी यानले १६ घण्टा २५ मिनेट ३१ सेकेन्डमा पूरा गरी दोस्रो र तेस्रो स्थान हासिल गरेका छन् । दौडको क्रममा भने आफूले बाटो बिराउँदा हतासिनु परेको बुढाले राससलाई जनाउनुभयो । प्रतिस्पर्धामा भएको दुःख रासससँग सुनाउदै सुनमायाले भन्नुभयो, “म र अर्जुन हामी दुवैले एक नम्बर चेक पोइन्टबाट बाटो बिराएका थियौं । रातिको समय अनि दुविधायुक्त चिन्हका कारण हामीलगायत धेरै प्रतियोगीले बाटो बिराएका थिए ।

आफूले पहिलो पटक रात्रीकालीन समयको बाटोमा दौड्नु परेकोले आठ किलोमिटर बाटो बिराएको उहाँले बताउनुभयो । बुढाले भन्नुभयो, “दौड सुरुपश्चात् करिब १२÷१३ किलोमिटर दूरीको उकालो पार गरेपछि चेक पोइन्ट १ मा पुगिन्थ्यो । पुगेपछि त्यहाँ दुईवटा चिन्ह राखिएको थियो । अब कुन बाटो जाने भन्ने दोधारमा परियो । दौडको क्रममा केही प्रतिस्पर्धी त्यही बाटो लागेकोले हामी पनि पनि उतै लाग्यौं ।”

बाटो बिराउँदा हरेस खाएकी उहाँले एक चिनिया पुरुष प्रतिस्पर्धीको सहयोगमा पुनः एक नम्बर चेक पोइन्टमा फर्केर तोकिएको ट्रेल रेसको यात्रामा लागिएको बताउनुभयो । हारेपनि दौड्न छोड्नु हुन्न भनेर रेसमा जोडिएकी बुढाले लगातार ७५ किलोमिटर दूरी पार गरेपछि चेक पोइन्ट ७ मा निकटतम प्रतिस्पर्धीलाई भेटाएको जनाउनुभयो । प्रतिस्पर्धीलाई भेट्दा आँट बढेर त्यहीँबाट उछिन्न सफल भएको बताउँदै पछाडि नफर्केरै जीत हात पारेको उहाँले बताउनुभयो । बुढाले द नर्थ फेस टिम एपिएबाट प्रतियोगितामा भाग लिनुभएको थियो ।

अर्जुनले पनि बाटो बिराएर ११ किलोमिटरभन्दा बढी दूरी पार गर्नुभयो । उहाँका व्यवस्थापनको कमजोरीका कारण समस्या आएको हो । बाटो नबिराएको भए निकै राम्रो नतिजा ल्याउने कुलुङ बताउनुहुन्छ ।
सन् २०१४ बाट दौडिन सुरु गर्नुभएका उहाँले नेपालमा हुने अल्ट्रा रन प्रतियोगितामा आफ्नो अब्बलता देखाउनुभएको थियो । तर हङकङमा भने पहिलो यात्रा भएका कारण खेलमा अपेक्षित सफलता ल्याउन नसकेका उहाँले स्पेन र अस्ट्रियामा सम्पन्न विश्व च्याम्पियनको समेत अनुभव लिइसक्नुभएको छ ।

कमजोर आर्थिक अवस्था र चिनजान कम भएको कारण प्रोफाईल राम्रो भएपनि अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा कम भाग लिएको उहाँले बताउनुभयो । अब भने सुनमाया र अर्जुनले थप अभ्यासका लागि चीन बताएका छन् । केही हप्ता चीनमा रहने उनीहरूले आगामी जनवरी १७ मा हुने भिवराम हङकङ १०० अल्ट्रा म्याराथनमा भाग लिने तयारी उनीहरुको छ ।

प्रतिकृया दिनुहोस्