OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी ,मंसिर २३, २०८०जुम्ला,
१७० पटक

मंशिर २२ गते । जुम्लाका समसामयिक मानव अधिकारका सवालमा छलफल गरिएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगको आयोजना तथा जिल्ला स्थित गैरसरकारी संस्थाको सहयोगमा मानव अधिकार दिवशको पूर्वसन्ध्याको अवसरमा जिल्लाको मानव अधिकारको विषयमा सूझाव संकलन तथा प्रतिवेदन प्रस्तुत गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश जुम्ला कार्यालयका निमित्त प्रमुख धनराज शाहीले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा जिल्लामा शिक्षा, स्वास्थ्य, सड्क, हवाई यातायातको हालको सेवा प्रवाह तथा समस्याका विषयमा संक्षिप्तमा जानकारी गरिएको थियो ।

आयोगको प्रतिवेदनमा जिल्ला प्रहरीको स्रोत अनुसार महिला हिंसा, जवरजस्ति करणी र लागु औषध बढिरहेको छ । आर्थिक बर्ष ०७९।८० मा लागु औषधको १२ वटा मुद्दा दर्ता भएका थिए भने यो आर्थिक बर्षमा हाल सम्म ९ वटा मुद्दा दर्ता भएका छन् । यसैगरी जिल्ला प्रहरीमा घरेलु हिंसाका गत आर्थिक बर्षमा ७५ वटा उजुरी दर्ता भएका छन् भने हाल सम्म ४० वटा उजुरी दर्ता भएका छन् ।

प्रतिवेदन माथी सूझाव राख्दै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले मानव अधिकार आयोगले युद्ध कालमा सिसि क्यामराको जस्तो काम गरेको स्मरण गर्नुभयो । उहाँले त्यसवेला मानव अधिकारका कुरा गरेपनि दुवै पक्षबाट यातना भोग्नु परेको अवस्थाको स्मरण गर्नुभयो । उहाँले जिल्लाका सार्वजनिक सेवा प्रवाहको विषयमा जिल्ला सचेत रहेको बताउनुभयो ।

सुर्खेत– जुम्ला उच्च अदालत ईजलास जुम्लाका कायम मुकायम न्यायधीस नवराज थपलियाले न्यायलयमा जुम्लामा केही वेथिति भएमा सिधै निवेदन दिन मिल्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहले विद्यालयमा समेत वालविवाह, वहुविवाहको वेफाईदाका बिषयमा सचेतना दिन सुझाव दिनुरभयो । उहाँले मानव अधिकारमा पुर्वाधार विकास पनि समेटिने भएकाले कालेखोलीमा बर्षौ देखी वन्न नसकेको बिषयमा वनाउनुपर्नेमा जोड दिनुभयो ।

गुठिचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले संसारमा मानवको सवै भन्दा ठूलो नैतिकता र सालिनता रहेकोमा जोड दिनुभयो । उहाँले अरुलाई आलोचना मात्रै गरेर सुख नभएको भन्दै मानव अधिकारका सवालमा स्थानीय सरकारले काम गरिरहेको र अझपनि प्रथामिकता दिनुपर्ने सुझाव दिनुभयो । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले अधिकारको सँर्गै कर्तब्य पालनालाई पनि जोड दिनुपर्ने बताउनुभयो । छलफल कार्यक्रममा तातोपानी गाउँपालिकाका उपाध्यक्ष रेवति रावलले लैगिंक हिंसाकै विचमा हिंसा भईरहेको अवस्था रहेको र जघन्य अपराध बढिरहेको विषयमा सचेत हुनुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले जिल्लामा हिंसा पिडित महिलाको जीवनयापन कोष स्थापना गर्नुपर्ने, सूचना प्रवाहमा जोड दिनुभयो । उहाँले लागु औषध दु्ब्र्यसनी विरुद्ध सचेतना बढाईनुपर्ने र जिल्लामा पुनस्र्थापना गृह आवश्यक रहेको जानकारी दिनुभयो ।

उहाँले स्थानीय सरकारले मानव अधिकारका सवालमा काम गर्न पछाडि नहट्नृे भन्दै तातोपानीमा राष्ट्रिय मानव अधिकार कार्ययोजना अनुसार गाउँपालिका स्तरीय समिति गठन गरेर अगाडि बढेको बताउनुभयो । छलफलमा महिला, वालवालिका, अपांगता, ज्येष्ठ नागरिकका विषयमा उठाएका सवालहरुको विषयमा सुझावहरु दिईएको थियो ।

 

प्रतिकृया दिनुहोस्