OnlinePana

आज : २०८१ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २३, २०८०काठमाडौं
२४९ पटक

२२ मंसिर २०८०, शनिबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षा स्नातकोत्तर तहको जनस्वास्थ्य तथा फार्मेसी संकाय डाक्टरी पढाई हुनेभएको छ ।

चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि यही मंसिर १९ गते शैक्षिक कार्यक्रमको सिट बाँडफाँड गरेपछि प्रतिष्ठान जुम्लामा पनि स्नातकोत्तर तहको जनस्वास्थ्य तथा फार्मेसीतर्फको चिकित्सा शिक्षाको अध्ययन अध्यापन हुने भएको हो । यसका लागि चिकित्सा शिक्षा सेवा आयोगले ११ सिट निर्धारण गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा.मंगल रावलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाँडफाँड गरिएका सिटमध्ये आठ खुला, दुई सरकारी र एक विदेशी गरी प्रतिष्ठानलाई ११ सिट निर्धारण गरिएको छ । प्रतिष्ठानले मास्टर अफ पब्लिक हेल्थ कार्यक्रमको पब्लिक हेल्थ (जनस्वास्थ्य) विषयमा जनरल प्राटिक्स एण्ड इमरजेन्सी मेडिसिन (एमडीजिपी एण्ड ईएम) र अर्थोपेडिक एक÷एक, पेडियाट्रिक्समा दुई, जनस्वास्थ्यमा पाँच र क्लिनिकल फार्मेसीमा दुई सिट प्राप्त गरेको छ ।

“लामो समयको प्रयासपछि प्रतिष्ठान जुम्लाले जनस्वास्थ्यतर्फ एमडी÷एमएस जनशक्तिको अध्ययन अध्यापन गर्ने अवसर पाएको छ,” उपकुलपति रावलले भन्नुभयो, “हिमाली जिल्लाका नागरिकहरुको लागि यो ठूलो उपलब्धि हो ।” चिकित्सा शिक्षाको स्नातकोत्तर तहको जनस्वास्थ्य विषयमा हुृने डाक्टर पढाई प्रतिष्ठान र हिमाली जिल्लाका लागि कोसेढुंगा सावित हुने उहाँको भनाई थियो ।

प्रतिष्ठानले यस अघि पनि स्नातकोत्तर तहको जिपी, अर्थोपेडिक, मेडिसिन, एनेस्थेसिया र पेडियाट्रिक्स जनशक्तिको पढाई सञ्चालन गरेको थियो ।

प्रतिकृया दिनुहोस्