OnlinePana

आज : २०८३ बैशाख १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर १८, २०८०
५०३ पटक

१८ मंसिर २०८०, सोमबार

नेकपा एमालेका महासचिव शंकर पोखरेलले विश्वविद्यालयहरु राजीतिक चेतना नहुँदा बिग्रेको बताउनुभयो ।

‘मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीसँग शंकर पोखरेल’ विषयक आज आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले खराव आचरण र गलत उद्देश्य बोकेकाहरुले विश्वविद्यालयको शैक्षिक वातावरण बिगार्ने गरेको आरोप लगाउनुभयो । महासचिव पोखरेलले भन्नुभयो, “विश्वविद्यालयले योजनाबमोजिम शैक्षिक जनशक्ति निर्माण गर्न सकेका छैनन् । यसमा देशले फाइदा लिन नसकेकोले सम्वद्ध पक्षले यसतर्फ ध्यान दिनुपर्दछ ।”

महासचिव पोखरेलका अनुसार युरोपियन मोडेलबाट नेपाललाई बुझ्न खोज्दा देशको विकास हुन सकेको छैन । विश्वविद्यालयले पढ्ने विद्यार्थीको अधिकार सुनिश्चित गर्नुपर्ने भन्दै विद्यार्थीका माग सम्वोधन गर्न सक्ने विद्यार्थी मात्र नेता हुने वातावरण निर्माण गर्न पाखरेलले सबै विद्यार्थीलाई आह्वान गर्नुभयो ।

कार्यक्रममा उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले नेपालका विश्वविद्यालय नै खाली हुने गरी युवा विद्यार्थीहरु विदेश पलायन भइरहेको तर्फ सरोकारवालाको ध्यान जानुपर्नेमा जोड दिनुभयो । विश्वविद्यालयबाट अब राजनीतिक संस्कार बिजारोपण गर्नुपर्ने उपकुलपति प्राडा.सिंहको भनाई थियो ।

प्रतिकृया दिनुहोस्