OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १७, २०८०सुर्खेत
१२९ पटक

 

१७ मंसिर २०८०, आइतबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको व्यवहार जाँच्न पूर्व–पश्चिम पदयात्रा सुरु गरिएको बताउनुभएको छ ।

एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ को चौथो दिन कर्णाली प्रदेशको दैलेखस्थित राकम कर्णालीमा आज आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ताको तर्फबाट जनतालाई लोकतान्त्रिक व्यवहार भएको छ कि छैन् भन्ने कुरा हेर्न एमाले गाउँमा आएको बताउनुभयो । बैतडीको झुलाघाटबाट शुरु भएको अभियानको तीन दिन सुदूरपश्चिमको भ्रमणका क्रममा बुझ्दा जनतामा निराशा मात्रै छाएको उल्लेख गर्नुभयो ।

पूर्वप्रधभानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले लोकतान्त्रिक गणतन्त्र भन्दा राजतन्त्रलाई उत्तम ठान्ने, पछिल्लो राजनीतिक परिवर्तनलाई उपलब्धि नठान्ने र जनताको हित नचाहने तत्व नै देशद्रोही भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “‘गठबन्धन सरकारका कारण देशमा निम्तिएको अस्थिरता र जनतामा देखिएको निराशापनलाई मौकाको रुपमा लिएर प्रतिगमनको दिवास्वप्ना देख्नु देशद्रोहबाहेक अरु के हुन सक्छ ? यस्ता कुरा गर्नु विकास, परिवर्तन, नेपाल र नेपालीको हित विपरीत कार्यबाहेक अरु केही होइन ।”

पदयात्राको क्रममा देशका समग्र समस्या बुझेर आगामी दिनमा तीनै तहका सरकारमा नीति निर्माण गर्ने रणनीति महत्वका हिसाबले पनि अभियान थालिएको जनाउनुभएका उहाँले आगामी २०८४ मा एमाले नेतृत्वमा एकल सरकार बन्ने ठोकुवा गर्नुभयो । सम्बोधनकै क्रममा अध्यक्ष ओलीले नेपाललाई दुनियाँको आकर्षक गन्तव्य बनाउन सकिने ढाडस् दिनुभयो ।

दुर्गम ठाउँहरुको विकास, हिमाल, पहाड, तराई र मधेशका सबै पेशा व्यवसायहरुको समृद्धि, कृषिको आधुनिककिकरण, देशलाई औद्योगिकीकरण र व्यापार सन्तुलन गर्ने नीति लिएको तर्क गर्दै उहाँले निरोगी नेपालको परिकल्पना र यसको नेतृत्व एमालेले गर्ने बताउनुभयो ।

उक्त आमसभामा बोल्दै महासचिव शंकर पोखरेलले पार्टीले सञ्चालन गरेको अभियालनले सुदूरपश्चिमको विकास र समृद्धिका बारेमा अध्ययन गर्ने काम गरेको बताउनुभयो ।

विकास र राष्ट्रिय नीतिको बहिष्करणमा परेको सुदूरपश्चिम र कर्णाली प्रदेशको समृद्धिका लागि राज्यले गर्नुपर्ने कामका बारेमा स्थलगत अध्ययन राम्रो परिणाम निकाल्ने दावी गर्नुभयो । मध्यपहाडी राजमार्गअन्तरगत सुदूरपश्चिम प्रदेशको अछामबाट कर्णाली प्रदेशको दैलेख पुग्नुभएका अध्यक्ष ओली नेतृत्वको अभियान टोलीले आज दैलेखको ज्वाला क्षेत्र श्रीस्थान, पादुका, नाभीस्थानलगायतका पर्यटकीयस्थलहरुको अवलोकन गर्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस्