OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १४, २०८० सुर्खेत
१६८ पटक

 १४ मंसिर २०८०, बिहीबार

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले कर्णालीमा कार्यरत प्रहरीहरुले कर्तव्य पालनाको सिलसिलामा मोबाईले प्रयोग गर्न नपाउने बताउनुभएको छ ।

सुरक्षा जस्तो संवेदनशील कार्यमा खटिएका प्रहरी कर्मचारीले एक मनका साथ आफ्नो जिम्मेवारीमा ध्यान केन्द्रीत गराई नागरिकको सुरक्षा होस् भन्ने हेतुले मोबाईल प्रयोग गर्न नपाउने व्यवस्था मिलाइएको उहाँले जनाउनुभयो । प्रहरी नायब महानिरीक्षक ढकालले भन्नुभयो, “कर्तव्य पालनाको समयमा आम नागरिकलाई प्रभावकारी सुरक्षाको अनुभूति दिलाउन र जिम्मेवारी क्षेत्रभित्र प्रभावकारी काम होस् भन्ने उद्देश्यले यो नियम गरिएको हो ।”

उहाँका अनुसार टोली कमाण्डरको हकमा यो नियम लागु हुने छैन । जिम्मेवारी क्षेत्रमा खटिएका कर्मचारीलाई कुनै समस्या वा काम भएमा कमाण्डरको फोनमार्फत् सहजीकरण गर्न यो व्यवस्था गरिएको प्रहरी नायब महानिरीक्षक ढकालले बताउनुभयो ।

कर्तव्य पालनाको सिलसिलामा मोबाईल नचालाउँदा अपराधिक गतिविधिको उच्च निगरानी गर्न सकिने, अपराध भएमा तत्काल अनुसन्धान हुने तथा सामाजिक सञ्जालको दुरुपयोग गर्नबाट प्रहरी कर्मचारीलाई बचाउन सकिने जनाइएको छ । प्रहरी कर्मचारी स्वयंको पनि मोबाईल खर्च बचत हुनुका साथै यस कार्यले नागरिकहरुमा प्रहरी प्रतिको विश्वास बढ्ने आशा गरिएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयले जिम्मेवारी पुरा गर्ने समयमा मोबाईल नचलाउन÷नबोक्नको लागि सबै जिल्ला, गण, तलिम केन्द्र, ईलाका, चौकीसम्म परिपत्र गरिएको प्रहरी नायब महानिरीक्षक ढकालले बताउनुभयो । उहाँका अनुसार यसका लागि प्रभावकारी ब्रिफिङ र अनुगमन गर्ने व्यवस्था पनि मिलाइएको छ ।

प्रतिकृया दिनुहोस्