OnlinePana

आज : २०८३ जेठ १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १३, २०८०सुर्खेत
३२६ पटक

१३ मंसिर २०८०, बुधबार

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तले कर्णाली प्रदेश सरकारले आफ्नो संभावना देखाएर लगानी सम्मेलन गर्नुपर्ने बताउनुभएको छ ।

लेकबेसी नगरपालिका १० सुर्खेत चौरासेस्थित प्रदेश सरकारले प्रस्ताव गरेको प्रादेशिक औगोगिक क्षेत्रको अध्ययनपश्चात् पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष पन्तले प्रदेश सरकारले संभवनाका साथै लगानीकर्तालाई सहुलियत दिने कुराको सुनिश्चितता दिन सके ठूलो क्षमताका उद्योगहरु पनि स्थापना हुने जनाउनुभयो । उहाँले भन्नुभयो, “लगानी सम्मेलनले लगानीकर्ताका यहाँ संभावनाबारे जानकारी दिन्छ । त्यही अनुसार उनीहरुले आफ्नो क्षेत्र रोज्ने हो ।”

कर्णालीमा तत्काल खानी, कृषि र वनपैदावरमा आधारित उद्योग निर्माण हुनसक्ने उहाँको भनाई थियो । सुर्खेतको चौरासेमा दुई सय १९ बिगाह जमीनमा औद्योगिक क्षेत्र निर्माण हुन सक्ने भन्दै अध्यक्ष पन्तले भन्नुभयो, “यसको निर्माणका लागि स्रोतको सुनिश्चितता हुनुपर्दछ । उक्त औद्योगिक क्षेत्र निर्माणका गर्न करिब रु.१२ देखि १३ अर्ब लगानी हुने अनुमान गर्न सकिन्छ ।”

चौरासेका समुदायले औद्योगिक क्षेत्रको निर्माण कार्य जतिसक्दो छिटो सुरु गर्न सुझाएको उहाँको भनाई थियो । सरकारको मुख ताकेर मात्र सबै काम नहुने भन्दै अध्यक्ष पन्तले त्यसका लागि सार्वजनिक नीजि साझेदारी मोडलमा गएर काम गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो । कर्णालीको समृद्धिको लागि यहीको कच्चा पदार्थ प्रशोधन गरी त्यसबाट उत्पादित वस्तुहरु निर्यात गरिनुपर्नेमा उहाँको जोड थियो ।

कर्णाली प्रदेश उद्योग बाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले पूर्वाधार निर्माणका क्षेत्रमा अहिलेसम्म कर्णालीमा सार्वजनिक नीजि साझेदारी मोडेलको अभ्यास नभएको बताउनुभयो । यद्यपि यहाँको विकास र समृद्धिका लागि नयाँ अवधारणाबाट उद्योग क्षेत्रको विकासमा सबैको उत्तिकै भूमिकाको खाँचो रहेको अध्यक्ष शाहीले जनाउनुभयो । लगानीकर्ताहरुलाई आकर्षण हुने वातावरण भने सरकारले तयार गर्नुपर्ने उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्