OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ११, २०८०सुर्खेत
३४३ पटक

११ मंसिर २०८०, सोमबार

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले इतिहासवाट शिक्षा लिन नसक्दा मानव जीवनमा डरलाग्दा चुनौति सामना गर्नुपरेको बताउनुभएको छ ।

कर्णाली प्रदेश योजना आयोगद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘आपतकालिन प्रतिकार्य, पूर्वतयारी र पुनःनिर्माण योजना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले विसं.२०७२ बैशाख १२ गतेको गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट शिक्षा लिन नसक्दा कर्णालीले आजको दुदर्शा भोग्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्राकृतिक विपत्तिको सामना गर्न सामुहिक मानवीय भावनासहित एकतावद्ध भएर अघि वढ्नुको विकल्प छैन ।”

बारपाक भूकम्पबाट शिक्षा लिएको भए गत कार्तिक १७ गते राति कर्णाली प्रदेशको जाजरकोट केन्द्र भएर गएको भूकम्पले निम्त्याएको क्षति व्यहोर्नु नपर्ने भन्दै उहाँले रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पवाट शिक्षा लिएर अघि वढ्न आवश्यक रहेकोमा जोड दिनुभयो । यद्यपि यस्ता विपत्तिहरु सामना गर्न तथा नागरिक जीवन सुरक्षित राख्न संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य अपरिहार्य रहेको उहाँको भनाई थियो ।\

“अहिले प्रदेशलाई अनुगमनको जिम्मेवारी रहेको छ तर यो उल्टो भयो,” मुख्यमन्त्री शर्मा भन्नुभयो, “विपतमा जनजीवनलाई सहज बनाउन पहिलो स्थानीय तह र दोस्रो प्राथमिकताको भूमिकामा प्रदेश सरकार रहेको छ । जिम्मेवारी मिलाए मात्र काम प्रभावकारी हुन्छ र सहि कार्य विभाजनले मात्र कार्यान्वयन प्रभावकारी हुन्छ ।”

भौतिक संरचना निर्माणलाई भूकम्प प्रतिरोधी, वातावरणमैत्री बनाउन स्थानीय साधन स्रोत उपयोग गर्दा विपद्बाट जोगिन सकिने बताउँदै उहाँले संविधान कार्यान्वयनको चरणमा रहेको प्रशासनिक, आर्थिक, कानूनी संघीयता कार्यान्वयन आजको प्रमुख सवाल भएको जिकिर गर्नुभयो । मुख्यमन्त्री शर्माका अनुसार जनताको नजिक रहेको प्रदेश र स्थानीय सरकालाई बलियो बनाउन सकिए मात्र संघीयता बलियो हुन्छ ।

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस्