OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ११, २०८०सुर्खेत
२३० पटक

११ मंंसिर २०८०, सोमबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डा.तुलाकृष्ण गुप्ता अन्तर्राष्ट्रियस्तरको रिसर्च आर्टिकल प्रतिस्पर्धामा ‘बेष्ट पोस्टर–२०२३’ घोषित हुनुभएको छ ।

‘द बेसरोर सेन्टर फर ग्लोबल फ्यामिली मेडिसिन’ क्यानडाले प्रतिस्पर्धामा उत्कृष्ट उहाँलाई ‘डा.प्याट्रिक चिज मेमोरियल रिसर्च अवार्ड’ प्रदान गर्दै यही नोभेम्बर ९, २०२३ मा ‘बेष्ट पोस्टर–२०२३’ घोषणा गरेको हो । विश्वव्यापीरुपमा प्राप्त रिसर्च आर्टिकलहरुमा डा.गुप्ताको आर्टिकल उत्कृष्ट छनोट भएको प्रतिष्ठान जुम्लाका उपकुलपति डा.मंगल रावलले जानकारी दिनुभयो ।

उहाँका अनुसार डा.गुप्ताले प्रविष्ट गरेको रिसर्च आर्टिकल ‘प्याटर्न अफ स्किन डिजिज ईन हाई अल्टिच्यूड अफ नेपाल एण्ड रोल अफ जिपिएस ईन इट्स म्यानेजमेन्ट’ शीर्षकमा तयार गरिएको थियो । खासगरी उच्च भागमा बस्ने समुदायका नागरिकको छालाको रोगको प्रकृति, त्यसको पहिचान, निदान एवं समाधानमा जनरल प्राटिक्सनरहरुले खेलेको भूमिका, भएका गतिविधि र त्यसले पारेको सकरात्मक प्रभाव समेटिएको रिसर्च आर्टिकल आफूले तयार गरेको डा.गुप्ताले बताउनुभयो ।

प्रतिष्ठान जुम्लाका जनरल प्राटिक्स एण्ड इमरजेन्सी मेडिसिन विभागका प्रमुख डा.गुप्तालाई ‘द बेसरोर सेन्टर फर ग्लोबल फ्यामिली मेडिसिन’ क्यानडाले भनेको छ, “तपाईको पोस्टरमा ‘नेपालको उच्च भागमा छाला रोगको ढाँचा र यसको व्यवस्थापनमा जिपीको भूमिका’ शीर्षकमा स्कलोर सामग्री, बेसरोर मूल्य, प्रस्तुतिको क्षेत्रमा उत्कृष्ट मूल्याङ्कन र मापदण्ड अत्यन्तै सुन्दर तरिकाले उल्लेख गरिएको छ ।”

उक्त आवार्डको सम्मानमा उक्त सेन्टरले आगामी २०२४ नोभेम्बर ६ देखि ९ चार दिनसम्म क्यानडाको भ्यानकुभरमा सम्पन्न हुने फ्यामिली मेडिसिन फोरममा अतिथि वक्ताका रुपमा १० मिनेटको प्रस्तुति राख्नका लागि डा.गुप्तालाई आमन्त्रण गरेको छ । उक्त फोरम सम्पन्न भएपश्चात् सेन्टरअन्तरगको साईन्टिफिक कमिटिले उहाँको कामलाई जर्नलमा प्रकाशनका लागि समीक्षा र सम्पादकीय कार्यमा सहयोग पु¥याउने बताइएको छ ।

 

प्रतिकृया दिनुहोस्