OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ९, २०८०जुम्ला,
२८९ पटक

मंशिर ९ गते । जुम्लामा नवौ उद्योग दिवश मनाईएको छ । स्वदेशी उत्पादन अभियान, उद्यमीको सम्मान भन्ने मुला नाराका साथ जिल्लामा उद्योग दिवस मनाईएको हो ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको आयोजनामा दिवश मनाईएको छ । दिवशमा २२ जना उद्यमीलाई सम्मान गरिएको छ । राडिापाखी, नर्सरी, अचार उद्योग, जडिवुटि सहित विभिन्न क्षेत्रका उद्योगीलाई सम्मान गरिएको हो ।

दिवशको अवसरमा कार्यालयमा उत्कृष्ट काम गर्ने कर्मचारी सन्तोष कार्कीलाई सम्मान गरिएको छ । कार्कीले सेवा अवधिमा कार्यालयमा उत्कृष्ट काम गरेको बताईएको छ । उद्यमीहरुले कच्चा पदार्थको लगानीको बिषय, बजार र गर्न सक्ने उद्यमीलाई सरकारको लगानी प्रथामिकतामा राख्न अनुरोध गरेका छन् । उद्यमी कुञ्जाङ लामाले आफुले राडिपाखिबाट कर्णालीमै नमूना बनाउन खोजेपनि प्राप्त लगानी नहुदा समस्या भएको बताउनुभयो । उद्यमी नारायणी चौलागाईले उद्योग दिवशलाई व्यापक रुपमा बृहत मनाएर जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो । उद्यमी तथा सफल होटल व्यवसायी पदमबहादुर महतले जिल्लाका उद्यमीको आवश्यकता अनुसार सरकारका कार्यक्रमले प्रथामिकता दिनुपर्ने सुझाव दिनुभयो ।

अन्तरक्रियामा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले तालिम र अनुदान लिएर उपयोग गर्नु, व्यवसायी वन्ने उद्यमीलाई धन्यवाद दिनुभयो । उहाँले अनुदान लिने तर छोडिदिने कामको निगरानी हुन आवश्यक रहेको बताउनुभयो । निमित्त प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले जिल्लामा फरक प्रकृतिका उद्योगहरु संचालन गर्न सुझाव दिनुभयो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख विनोद कुमार वाँनियाले सम्भावनमा भएका उद्योगमा लगानी आवश्यक रहेको बताउनुभयो । उहाँले कार्यालयले गर्ने कामका विषयमा जानकारी गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्