OnlinePana

आज : २०८१ बैशाख १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ८, २०८०जुम्ला,
४९३ पटक

मंशिर ८ गते । जुम्लाको कनकासुन्दरीमा बञ्चरो प्रहारबाट एक महिलाको हत्या गरिएको छ । कनकासुन्दरी गाउँपालिका ३ ओखरपाटकी अन्दाजी ३५ बर्षकी अमृता बुढाको हत्या गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक उमेश चन्द्धका अनुसार प्रारम्भिक अनुसन्धानमा सोही गाउँका श्यामबहादुर बुढाले बञ्चरो प्रहार गरेर ति महिलाको अन्दाजी शुक्रवार आजै १२ः३० बजे हत्या गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सो घटना भएपछि घटनास्थलतिर प्रहरी लागि सकेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक गणेशबहादुर रावलको नेतृत्वमा टोली पनि सो क्षेत्रमा लागेको छ । प्रहरीका अनुसार बञ्चरो प्रहार गरेर हत्या गर्ने व्यक्ति समेत प्रहरीले समातिसकेको प्रहरी निरीक्षक चन्द्धले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्