OnlinePana

आज : २०८१ पौष २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ८, २०८० जुम्ला,
२१८ पटक

मंङशिर ८ गते । बहिरा अपांगता भएका व्यक्तिहरुले स्थानीय तहमा दोभासे राख्न माग गरेका छन् । जुम्ला बहिरा संघको आयोजनामा जुम्लामा सञ्चालित तेस्रो साधारणसभामा उनिहरुले सांकेतिक भाषा सरकारी कार्यालयमा सहज कठिन भएको बताएका छन् ।

बहिरा महासंघ कर्णालीका अध्यक्ष नम्रता भारतीले सरकारले सरकारी कार्यालयमा दोभासे राख्ने निति भएकाले चन्दननाथ नगरपालिकाले शुरु गर्न अनुरोध गर्नुभयो । उहाँले सरकारी कार्यालयमा दोभासे नहुदा परेका कठिनाईका बिषयमा स्थानीय सरकार गम्भिर हुन अनुरोध गर्नुभयो । राष्टिय अपाङ«ग महासंघ नेपालका पूर्व केन्द्रीय सदस्य नन्दराज धितालले अस्पताल, अदालत, प्रशासनमा समेत दोभासे नहुदा समस्या भएको जानकारी दिनुभयो । उहाँले भौतिक संरचना समेत अपांगता मैत्री नहुदा सहभागितामा कठिनाई भएको छ । कर्णाली माविका दोभासे शिक्षक देवेन्द्र तिमिल्सिनाले सवै कार्यालयमा दोभासे राख्न अनुरोध गर्नुभयो । उहाँले पहिले बहिराहरुको शिक्षाको विषयमा चिन्ता लाग्थ्यो अहिले पढेर वेरोजगारी बढेको बताउनुभयो ।

चन्दननाथ नगरपालिकाका नगरउपप्रमुख रामदेवी खड्काले आगामी निति कार्यक्रममा दोभासेको विषयमा चन्दननाथ नगरपालिकाले योजना बनाईने प्रतिवद्धता जनाउनुभयो । उहाँले यस बर्ष भने बहिराहरुलाई शिप विकास तालिममा जोड दिईने बताउनुभयो । उहाँले अपांगता क्षेत्रमा आगामी दिनमा के गर्ने समन्वय सहकार्य बढाउने बताउनु भयो ।

हिक्मत बुढा पुन अध्यक्ष :
जुम्ला वहिरा संघको साधारणसभाले हिक्मत बुढाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्ष सानुमाया विष्ट, महासचिव लंका कुमारी शाही, कोषाध्यक्ष टेकराज खत्री सहित तितु कामी, वलवहादुर थापा र राजबहादुर थापा सहित ७ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ । बहिरा अपांगता भएका व्यक्तिहरुको अधिकारको लागि प्रथामिकता दिईने नवनिर्वाचित अध्यक्ष हिक्मत बुढाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्