OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ५, २०८०सुर्खेत
२४१ पटक

५ मंसिर २०८०, मंगलबार

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले क्यूआर कोड सार्वजनिक गर्नुभएको छ ।

आज वीरेन्द्रनगर सुर्खेतमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी प्रहरी नायब महानिरीक्षक ढकालले परम्परागत तरिकाबाट दिईने सेवालाई नागरिकहरुको सहजता र उनीहरुको पहुँच कायम गराउन द्रुत जवाफ (क्वीक रेस्पोन्स) कोड सार्वजनिक गरिएको बताउनुभयो । “विशेषगरी नागरिकका गुनासा, समस्या र रचनात्मक सुझाव संकलन गर्न सो कोड प्रयोग गरिएको हो,” उहाँले भन्नुभयो, “यो कोडबाट प्राप्त उजुरी कार्यान्वयन भए नभएको विवरण उजुरीकर्तालाई दिन्छौं ।”

‘सुरक्षित कर्णाली विशेष अभियान’ अन्तरगत १४ कार्य क्षेत्र निर्धारण गरी ७८ क्रियाकलाप गरिएको बताउँदै उहाँले दुई लाख २७ हजार चार २४ घरमा स्टीकर टाँस, पीडित सहायता कार्यक्रम, लालटिन अभियान, अन्तरक्रियात्मक गस्ती, यात्रुमैत्री निःशुल्क निवेदन लेखन, नागरिक सहजकर्ता परिचालन, दूव्र्यसनी विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालनमा रहेको जनाउनुभयो ।

प्रहरी नायब महानिरीक्षक ढकालले भन्नुभयो, “अब यहाँका नागरिकहरुले शान्ति सुरक्षामा भएका समस्या र कमजोरीका साथै सुदृढ सेवा प्रवाहका लागि घर वा बाटोघाटो, पाटीपौवा जहाँबाट पनि प्रविधिामार्फत उजुरी दिन सक्नेछन् । उनीहरुलार्य कुनै गुनासा राख्न, उजुरी वा निवेदन दिन सम्बन्धित निकाय धाउनुपर्ने छैन ।” उजुरीकर्ताको नाम भने प्रहरीले गोप्य राख्ने उहाँको भनाई थियो ।

त्यसैगरी, क्यूआर कोडमार्फत आएका गुनासालाई अति जरुरी, जरुरी र साधारण वर्गमा राखेर त्यसको सम्बोधन गरिने उहाँले बताउनुभयो । अति जरुरी उजुरीलाई तत्काल, जरुरी प्रकारको भए तीन दिनभित्र र साधारण खालको भए पाँच दिनभित्र उजुरीको छानविन गरि उजुरीकर्तालाई विवरणसहितको जानकारी दिइने बताईएको छ ।

क्यूआर कोडको प्रयोगले नागरिक सम्बन्ध नजिक बनाउन, सुरक्षाप्रतिको विश्वास बढाउन, सहज सेवा प्रदान गर्न, समयको सदुपयोग तथा नागरिकलाई सेवा लिन जाँदा दुःख पूर्णरुपले हट्ने जनाइएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार अन्तरक्रियात्मक गस्तीबाट सात हजार दुई सय ६२, यात्रुमैत्री अभियानबाट दुई लाख र निःशुल्क निवेदन लेखन सहयोग कार्यक्रमबाट एक हजार पाँच सय ६५ जना लाभाविन्त भएका छन् ।

प्रतिकृया दिनुहोस्