OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

भूकम्पपीडितलाई जुम्लाबाट ३६ लाख सहयोग

सांसद लामाबाट एक लाख ११ हजार सहित लत्ताकपडा सहयोग :

कोरपाटी संवाददातामंसिर २, २०८०जुम्ला,
४८४ पटक

२ मंसिर २०८० शनिबार

भूकम्पपीडितको राहात तथा पुन:निर्माणका लागि जुम्लाका स्थानीय सरकारले ३६ लाख छ हजार सहयोगको घोषणा गरेका छन् ।

स्थानीय तहहरुले भूकम्पले प्रभावित जाजरकोट र रुकुम पश्चिमको राहात तथा पुनस्र्थापनको लागि सहयोग पुग्ने भन्दै आ–आफ्नो स्थानीय तहले सहयोग रकमको घोषणा गरेका हुन् । जुम्लाको गुठिचौर गाउँपालिकाले रु १० लाख ५१ हजार सहयोग गर्ने भएको छ । गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले पिडितलाई सो रकम उपलब्ध गराउने जानकारी दिनुभयो ।

गुठिचौर गाउँपालिकाको कार्तिक २२ गते वसेका कार्यपालिकाको वैठकले नेपाल सरकारको राष्ट्रिय विपत कोषमा जम्मा गर्नेगरी उक्त रकम उपलब्ध गराईने जानकारी दिनुभयो । जुम्लाको तातोपानी गाउँपालिकाले जाजरकोट र रुकुमका भूकम्प पिडितलाई राहात स्वरुप रु १० लाख सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले निर्णय गरेर रु १० लाख आर्थिक सहयोग गर्ने अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिनुभयो ।

भूकम्पपीडितहरुका लागि चन्दननाथ नगरपालिकाले रु पाँच लाख ५५ हजार रकम सहयोग गर्ने कार्यपालिकाको निर्णय भएको जानकारी दिनुभयो । यसैगरी जिल्लाको पातारासी गाउँपालिकाले रु पाँच लाख आर्थिक सहयोग गर्ने बताएको छ । गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले पालिकाले रु ५ लाख सहयोग गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले कात्र्तिक १८ गतेको कार्यपालिकाको बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो ।

यसैगरी तिला गाउँपालिकाले रु तीन लाख रुपैया भुकम्प पिडितको राहात तथा पुनस्र्थापनामा सहयोगमा दिने बताईएको छ । गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले रु तीन लाख रकम दिने सहमति भएको बताउनुभयो । यता जिल्लाको सिँजा गाउँपालिकाले रु एक लाख र कनकासुन्दरी गाउँपालिकाले रु एक लाख रकम सहयोग गर्ने सुचना जारी गरेका छ्न् ।

सांसद लामाबाट एक लाख ११ हजार सहित लत्ताकपडा सहयोग 

यसैगरी जुम्लाका प्रतिनिधिसभा सांसद छिरिङ ल्यामु लामा तामाङले रु एक लाख ११ हजार आर्थिक सहयोग गर्नु भएको छ । सांसद लामाले सो रकम विपतकोषमा जम्मा गरिसकिएको बताउनुभयो सांसद लामाले विपतमा सानो सानो सहयोगले उपचार, राहात, पुनस्र्थापनाका लागि सहयोग पुग्ने भन्दै सानो सहयोग गरिएको बताउनुभयो ।

उहाँले व्यक्तिगत रुपमा नगद सहयोग गर्नु भएको छ । सांसद लामाले नगद मात्रै नभई भुकम्प पिडितलाई लत्ता कपडा र सिरक पनि भुकम्प प्रभावित क्षेत्रमा पठाउनु भएको छ । भूकम्प पिडित नागरिकका लागि उहाँले थाल्नु भएको अभियानमा शुभचिन्तकहरुके सहयोगमा संकलन गरेर करिब साढे चार लाख वरावरका लत्ता कपडा, सिरक प्रभावित क्षेत्रमा सहयोग भएको उहाँले जानकारी दिनुभयो ।

सांसद लामाले पहिलो चरणमा एक सय पिस कपडा, दोस्रो चरणमा १९० वटा डवल साईजको फाईवर सिरख र १२० पिस कपडा भुकम्प प्रभावित क्षेत्रमा पठाईएको जानकारी दिनुभयो ।

माओवादीको राहात संकलन अभियान जारी 

नेकपा माओवादी केन्द्रले जुम्लामा थालेको राहात अभियान थालेको छ । भुकम्प पिडितका लागि नेता, कार्यकर्ता र शुभेच्छुकलाई आधिकारिक रुपमा विपतको खातामा जम्मा गरेर सहयोग गर्न अपिल गरेपछि अभियान चलिरहेको छ । जिल्ला संयोजक विरबहादुर कुँवरले सवैको सानो सानो सहयोगले पिडितको उपचार, राहात र पुनस्थापना हुने भएकाले सो कुरामा जोड गरिएको जानकारी दिनुभयो ।

माओवादीले भुकम्पमा ज्यान गुमाएकाको सम्झनामा शोक विज्ञप्ति जारी गर्दै राहातमा सहयोग गर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन गरेको थियो ।

 

 

प्रतिकृया दिनुहोस्